क्रान्तिकारी माओवादीका प्रवक्ताकी छोरीको ‘प्रगतिशिल विवाह’

पार्टी र क्रान्तिमा लागिरहन बरबधुलाई अध्यक्ष किरणको शुभकामना

प्रकाशित मिति : २०७३ कार्तिक १

haribhakta-f

बुटबल । बुटवलको कस्तुरी होटलमा २८ असोजमा नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता हरिभक्त कँडेलकी कान्छी छोरी रोजिना कँडेलको विवाह पाल्पाका शिक्षक खगेन्द्र पोखरेलका छोरा संजीव पोखरेलसँग सम्पन्न भएको खबर प्राप्त भएको छ । क्रान्तिकारी माओवादीको अवध राज्यले आयोजना गरेको प्रगतिशिल विवाह समारोहको प्रमुख आतिथ्यता पार्टीका अध्यक्ष मोहन वैद्य‘किरण’ले गरेका थिए भने पार्टीका आधा दर्जन नेताहरुको उक्त समारोहमा उपस्थिति रहेको थियो । पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा अवध इन्चार्ज प्रेम सुवेदीले अध्यक्षता गरेको उक्त विवाह समारोहमा नेताहरु चन्द्रहरि सुवेदी‘अटल’, दिनेश शर्मा‘सागर’, इश्वरचन्द्र ज्ञावाली, प्रेमसागर पौडेल, भुलबहादुर सुनारीलगायतको उपस्थिति थियो । समारोहको संचालन अवधमा कार्यरत पार्टीका केन्द्रीय सदस्य अशोक लम्साल‘अनुकूल’ले गरेका थिए ।

marragae

अध्यक्ष किरणले यस्तो प्रगतिशिल विवाहको विशेष महत्व रहेको भन्दै वरबधुलाई देश र जनताको लागि पार्टी र क्रान्तिमा लागि रहन शुभकामना दिएको बधुका बुवा तथा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेलले मूलबाटोलाई बताए । वरबधुलाई उपस्थित अन्य नेताहरुले पनि बधाई तथा शुभकामना मनतव्य व्यक्त गरेका थिए । बर पाखरेल पेशाले शिक्षक हुन् भने बधुले स्नाकोत्तर गरेकी छन् । बर क्रान्तिकारी माओवादी निकट अखिल नेपाल प्रगतिशिल शिक्षक संगठनको केन्द्रीय सदस्य छन् भने बधु पनि पार्टीमै सक्रिय रहँदै आएकी छिन् । यस्ता प्रगतिशिल तथा जनवादी विवाहलाई क्रान्तिकारी माओवादीले प्रोत्साहित गर्दै आएको छ ।