२५ बुँदे संयुक्त वक्तव्य ‘कुटनीतिक भड्काव’ भएको सांसदहरुको आरोप

२५ बुँदे संयुक्त वक्तव्य ‘कुटनीतिक भड्काव’ भएको सांसदहरुको आरोप

samsad

१ कात्तिक, २०७३ । संसदको आइतबारको बैठकमा बोल्दै एमाले सांसद राजन भट्टराईले आन्तरिक विषयलाई दुइपक्षीय सम्बन्धसँग जोड्ने प्रधानमन्त्रीको कदमलाई ‘कूटनीतिक भडकाव’को संज्ञा दिए । प्रधानमन्त्री दाहालको भारत भ्रमणका बेला जारी संयुक्त विज्ञप्तितर्फ संकेत गर्दै उनले दुईपक्षीय कूटनीतिक सम्बन्धलाई चुनावी भाषणजस्तो हल्काफुल्का ढंगले नलिन सरकारको ध्यानाकर्षण गराए ।

पूर्ववर्ती एमाले नेतृत्वको सरकारले चीनसँग गरेका सम्झौता कार्यान्वयन र चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणको वातावरण बनाउन नसकेकोमा एमाले सहितका प्रतिपक्षी दलहरूले सरकारको विरोध गरिरहेका छन् । नेमकिपा सांसद अनुराधा थापाले सरकारको कूटनीतिक असफलताका रूपमा चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणको निम्तोसमेत भारतमा दिनुपरेको भन्दै आपत्ति जनाइन् । यसले नेपाललाई भारतको स्वशासित क्षेत्रको हैसियतमा पु¥याएको उनको टिप्पणी छ ।