हङकङलाई ६ रनले पराजित गर्दै नेपाल विजयी

हङकङलाई ६ रनले पराजित गर्दै नेपाल विजयी

Nepali national women’s cricket team members pose for a group photo during their farewell in Lalitpur on Wednesday, October 5, 2016. They will leave for Hong Kong on Thursday to participate in the ICC Women’s World Cup qualifier slated for October 9-15. Photo: Udipt Singh Chhetry/THT
काठमाडौं । आईसीसी महिला विश्वकप २०१७ को एसियाली छनोटमा विहीबार आयोजक हङकङमाथि ६ रनले पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले रोमाञ्चक जित हात पारेको छ ।

कउलुन क्रिकेट क्लबमा टस जितेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर ७५ रनको स्कोर बनाएको थियो । घरेलु टिमलाई १७.४ ओभरमा ६९ रनमा अलआउट गर्दै नेपाली महिला टिमले एसियाली छनोटमा लगातार दोस्रो जित दर्ता गरेको हो । डबल लिगको आधारमा आयोजित छनोटमा यसअघि नेपालले चीनलाई मंगलबार २० रनले हराएको थियो ।

नेपालले सुरुका दुई खेलमा भने हङकङसँग ६ विकेट र थाइल्यान्डसँग ३ विकेटको हार बेहोरेको थियो । मंगलबारकै अर्को खेलमा चीनले शीर्षस्थानको थाल्यान्डलाई तीन विकेटले पराजित गरेपछि छनोट प्रतिस्पर्धा रोमाञ्चक बनेको छ । एसियामा शीर्षस्थानमा रहने टिमले विश्वव्यापी छनोटमा अवसर पाउनेछ । लगातार दोस्रो जितसँगै नेपालले पनि शीर्षस्थानमा रहदै ‘ग्लोबल क्वालिफाइर’ खेल्ने संभावना कायमै राखेको छ ।

अब नेपालले आज(शुक्रबार) हङकङ क्रिकेट क्लबमा थाइल्यान्ड र मिसन रोड मैदान, मोङ कोकमा शनिबार चीनसँग खेल्नेछ