इलामको माइखोला डुंगा दुर्घटना : थप दुई जनाको शव फेला

इलामको माइखोला डुंगा दुर्घटना : थप दुई जनाको शव फेला

dunga-f

२९ असोज, इलाम । इलामको माइखोलामा शुक्रबार भएको डुङ्गा दुर्घटनामा वेपत्ता भएका मध्ये थप दुई जनाको शव फेला परेको प्रहरीेले जनाएको छ ।

झापाको शिवगञ्जमा एक महिला र एक पुरुषको शव शनिबार विहान फेला परेको हो । फेला परेका झापाको शनिअर्जुन नागरपालिकाका कृष्णकुमार घतानीको पहिचान भएको छ । महिलाको भने सनाखत हुन बाँकी छ । शुक्रवार साँझसम्म प्रहरीले पाँच जनाको शव फेला पारेको थियो ।

वेपत्ताको खोजी कार्य शनिबार बिहानैबाट सुरु भएको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीसहित स्थानीयवासी खोजी कार्यमा जुटेका हुन् । बिहानैदेखि संयुक्त टोलीले दुर्घटनाग्रस्त क्षेत्रबाट खोजतलास सुरु गरेको हो ।
प्रहरीले फेला पारेका पाँच शवमध्ये तीनको पहिचान भएको छ । प्रहरीका अनुसार सनाखत भएकामा महमाई १ का ७५ वर्षीय जसबहादुर राई, ४५ वर्षीया डम्वरमाया मगर र मधुमल्लाकी ६ वर्षीया पुष्पा खड्का छन् ।