अमेरिकाको युद्धपोतमाथि फेरि आक्रमण

अमेरिकाको युद्धपोतमाथि फेरि आक्रमण

jjj

न्यूज एजेन्सी । अमेरिकाको सामुद्रिक सेनाको युद्द पोतमाथि फेरि आक्रमण भएको छ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाए अनुसार यमन तर्फबाट आक्रमण भएको छ । पछिल्लो चार दिनमा यो दोस्रो आक्रमण हो ।

iii

पेन्टागनका अनुसार मिसाइल निशानामा नलागेका कारण ठूलो दुर्घटना हुन पाएन । रक्षा विभागले हमलाको जवाफी कारबाही गर्ने संकेत दिएको छ । यूएसएस युद्धपोतलाई निशाना बनाएर हमला गरिएको थियो । अमेरिकी रक्षा विभागले मिसाइल यमनको हुथी विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रबाट प्रहार गरिएको उल्लेख गरेको न्यूज एजेन्सीहरुले उल्लेख गरेका छन् ।