नेपाल भारत चीन पेरु
जहाँ जन्मे पनि
हामी कम्युनिस्ट सर्वहारा
गोलार्ध्दको उत्तरदक्षिण पूर्व पश्चिम
जहाँ भए पनि
हामी कम्युनिस्ट सर्वहारा
संसारको जुन कुनामा पुगे पनि
हाम्रो विचार
कम्युनिस्ट सर्वहारा
अग्लो होचो कालो गोरो
जुन रंगका भए पनि
हाम्रो विचार जीवनशैली
कम्युनिस्ट सर्वहारा
बसाई र कार्यक्षेत्र फरक फरक
भूमि र देशमा भए पनि
हाम्रो एउटै विचार सर्वहारा
जुन देशमा जुन भूमिमा
लडिरहेको भए पनि
हाम्रो शत्रु एउटै छ
भूगोलको जुन कुनामा बसे पनि
क्रान्तिको एउटै गीत गाउँछौँ
मुक्तिको झण्डा बोकेर
वर्गवैरीहरुले जति दमन गरे पनि
अवसरवादीहरुले जति धोका दिए पनि
क्रान्तिको रक्षा गर्ने हाम्रो कर्तव्य
संसारको जुन कुनामा बसे पनि
वर्गीय मुक्तिको सपना
हाम्रो एउटै छ
भूगोलको जुन कुनामा बसे पनि
लडाइको मोर्चा एउटै छ
हामी कम्युनिस्ट सर्वहाराको
उद्देश्य एउटै छ
लक्ष्य एउटै छ
हामी सर्वहारा कम्यनिस्टको
मरे पनि संगै मर्ने
बाँचे पनि संगै बाँच्ने
एउटै अठोट छ
हामी सर्वहारा कम्युनिस् अन्तर्राष्ट्रियवादीहरुको