bidhurआमा तिम्रो कोमल हातबाट
कति भयो पकाएको खान नपाएको
सायद तिमीले अफ्नो कान्छोलाई मन पर्ने
भटमास भुटेर सातु पिनेकी हौली
तामाको अचार पनि साँधेर राखेकी हौली
सपनाको महल बनाउन प्रदेशीएको तिम्रो छोरो
सपनाको महलमा नै थिचिँदै छ ।
किचिँदै सपनाका स्वर्णीम पाइतालाहरुले

तिम्रो सपनाको तस्विर कार्न भन्दै
मुग्लानिएको तिम्रो कान्छो
आज आमा ⁄
सपनाको रगंझै क्यानभासमा पोतिएको छ ।
विना सुन्दरता
खाली एउटा अज्ञान चित्रकारले कोरीएको तस्विर जस्तै
रंगमा वढि पानी मिसिएर लतपतिए जस्तै
पसिनाका टाटाहरुसँगै रगिंएको छ ।
सुन्दरताको अभास मात्र गर्न जान्दैन आज यो तस्विर
न त तिमीले देखेको
सपनाको जस्तो तस्विर कोर्न सक्यो
न त आमा ⁄
तिम्रो कान्छोले
तिमीलाई जीवनको क्यानभासमा सुगन्धीत रंग नै
दिन सक्यो
मलाइ माफ गर है आमा ⁄

हो मैले तिमीलाई सुन्दर सपना देखाएकै हुँ
मुग्लान छिर्ने वेलामा
ठानेको थिए आमा ⁄
यहाँ त धनको वोट नै छ,
र तिम्रा सपना सझाँउन टिप्ने छु पत्र जस्तै
धनलाई तर आमा यहाँ नत धनको वोट पाँए
नत एकलाई दुख्दा अर्काेलाई दुख्ने
मनको चोट नै पाएँ,
आमा ⁄
केवल पाएको तिम्रा अधुरा सपनाका ताँतीहरु
तिम्रो चाउरिएको अधरमा देखिएको
आशाका विस्मृत मुस्कनहरु

सोच्दै छु आमा ⁄
तिमीले कस्तो पुरा नहुने सपना देखि छ्यौ
मैले कस्तो पुरा नहुने सपना देखाए छु ।
सपनाको क्यानभासमा कोरिएका तस्विरहरु
वास्तवमै आमा ⁄
विपनाको क्यानभासमा कोर्न कठिन हुँदो रहेछ ।
हामीले सपनाको क्यानभासमा कोरेका तस्विरहरु
विपनामा अरुका क्यानभासका
स्वर्णी तस्विर हुँदा रहेछन् यहाँ
हामीले सपना देखेर निमार्ण गरेका संरचनाहरु नै
अर्काका हुँदा रहेछन् आमा ⁄
किनकी हाम्रो निदारको क्यानभासमा
हाम्रो सपनाको क्यानभासमा कोरिएको
तस्विर भाविले कोर्नै विर्सिएकी रहेछिन् ।

रुपन्देही
हाल बुद्धनगर, काठमाडाैँ ।

प्रतिक्रिया

सम्बन्धित खवर