११ असोज, दैलेख । नेकपा (क्रान्तिकारी माओवादी) ले जिल्लामा जुवा कब्जा अभियान सुरू गरेको छ । दशैं तथा तिहारको समयमा रक्सी र जुवाले गाउँमा विकृति ल्याउने भएकाले रक्सी तथा जुवा नियन्त्रण अभियान चलाएको क्रान्तिकारी माओवादी दैलेखले जनाएको छ ।
‘दशैं तथा तिहारमा मानिसहरूले जुवा खेलेर घर परिवारको उठिबास लाग्ने भएकाले जुवा नियन्त्रणा अभियान सुरू गरेका हौँ’ केन्द्रीय सदस्य दिपक शाहीले भने ।
यसैक्रममा चामुण्डा मावि हाडाकोटमा जुवा खेलिरहेका एक समूहलाई चेतावनीसहित जन कारवाही गरेको क्रान्तिकारी माओवादीले जनाकारी दिएको छ ।