पाकिस्तानमाथि आक्रमण गर्न सहज छ भारतलाई ?

पाकिस्तानमाथि आक्रमण गर्न सहज छ भारतलाई ?

thunderप्रारम्भ
भारत र पाकिस्तान दक्षिण एसियाका आणविक शक्ति सम्पन्न मुलुक र एकअर्काका परम दुश्मन पनि । भारत र पाकिस्तानबीच कास्मिरको विषयलाई लिएर तेस्रो पटक युद्धको आँकलन गरिन थालिएको छ । भारत र पाकिस्तानबीचको तनाब लोकतन्त्रको दुहाई दिएर लोकतन्त्रको खिल्ली उडाउँदा बारबार सतहमा आउने गरेको छ ।

कास्मिरको विषयलाई विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकको उपमा पाएको भारतले नै पहिले राष्ट्रसंघमा पु¥यायो र राष्ट्रसंघले नै जनमत संग्रहबाट निर्णय गर्नुपर्ने भनी दिएको सुझावलाई अहिले सम्म पनि कार्यान्वयन गरेन । फलस्वरुप कास्मिर भारत पाकिस्तानको युद्धको लागि नयाँ नयाँ बहाना बन्ने स्थल बन्न पुगेको छ । लोकतन्त्रको सम्मान गर्छौ भन्ने भारतले कास्मिरी जनताको आवाजलाई जहिले पनि बन्दुकको नालबाट दबाउने कोशिस गरिरहेको छ, जसका कारण कास्मिरी जनताको स्वतन्त्रताको आन्दोलनमाथि बेलाबेलामा दमन भई नै रहेको छ । पछिल्लो कास्मिर आन्दोलन त्यसैको परिणाम हो ।

गत जुलाई ८ मा हिज्बुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीको भारतीय सेनाले गोली हानी हत्या गरेपछि कास्मिरी जनताले त्यसप्रकारको ज्यादतीका विरुद्ध आन्दोलन गरे । त्यसको पाकिस्तानले समर्थन गगत जुलाई ८ मा हिज्बुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीको भारतीय सेनाले गोली हानी हत्या गरेपछि कास्मिरी जनताले त्यसप्रकारको ज्यादतीका विरुद्ध आन्दोलन गरे । त्यसको पाकिस्तानले समर्थन ग¥यो, भारत जनताको आन्दोलनमाथि बर्बर दमनमा उत्रियो ।

अवस्था कहाँसम्म पुग्यो भने आन्दोलनका क्रममा ८० जनाभन्दा बढी (सरकारी तथ्यांक) सर्वसाधारण आन्दोलनका क्रममा मारिए भने सयौं युवाहरु आँखामा लागेको चोटका कारण दृष्टिबिहीन बन्न पुगेका छन् । स्पाइनल कर्ड इन्जुरीजस्ता गम्भीर प्रकारका र अन्य गोली लागेर घाइते भएका सर्वसाधारणको संख्या हजारौं रहेको छ । आज पश्चिमा देशले मानवअधिकारको ठूलो मन्त्र जपिरहेका छन् ।

तेस्रो विश्वका मुलुक र अमेरिकी–पश्चिमाविरोधी ध्रुवका देशले यस्तै प्रकारले दमन गरेको भए सायद अन्तर्राष्ट्रिय स्तरमा यसको ठूलो विरोध र छानविन भइसक्थ्यो होला । तर, भारतले गरेको यो ज्यादतीविरुद्ध एक/दुई वटा अधिकारवादी संस्थाले विरोध गरेपनि अरु मौन नै छन् । यहाँ मानवअधिकार र न्याय पनि पहुँचका आधारमा निर्धारित हुदोरहेछ भन्ने प्रष्टिएको छ । आज पाकिस्तानमाथि आतंकवादको संरक्षण गरेको आरोप लाग्ने गरेको छ । यद्यपि विश्वमा खुलेआम रुपमा हतियार राजनीतिक गर्ने र आतंकवाद जन्माउने देशहरु मानवअधिकारको संरक्षक जस्तो देखिएका छन् ।

विस्फोटको दिशातिर भारत–पाक द्वन्द्व
कास्मिरमा सुरु भएको पछिल्लो आन्दोलनसँगै भारत र पाकिस्तानबीचको चर्किएको द्वन्द्व भिडन्तको दिशातिर जान थालेको छ । गत आइतबार भारत प्रशासित कास्मिरको उरीमा बन्दुकधारीले गरेको आक्रमणपछि दुई देश फेरि एक अर्काविरुद्ध आरोप प्रत्यारोप गर्दै भिडन्तको तयारीमा देखिएका छन् । यो घटनापछि दुवै देशले ७ सय ७८ किलोमिटर लामो नियन्त्रण रेखा क्षेत्रमा युद्धसामग्री र सैनिक संख्या बढाएका छन् ।

कास्मिरको विषयलाई लिएर यसअघि पनि दुई पटक भिडिसकेका भारत र पाकिस्तानबीचको पछिल्लो तनाबले पुनः युद्धको दिशातर्फ धकेलिरहेको विश्लेषण गर्न थालिएको छ भने भारतीय प्रधाानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय सुरक्षा सल्लाहकारसहित सैनिकका उच्च अधिकारीसँग ‘वार रुम’ मा छलफल गरेका छन् । सुरक्षा अधिकारीले करिब २ घन्टा लामो छलफलका क्रममा उरी हमलापछि गरिने कारबाहीको रणनीतिका विषयमा मोदीलाई ब्रिफिङ गरेका थिए ।

नियन्त्रण रेखामा दुवै देशको सैन्य गतिविधि
भारत प्रशासित कास्मिरको उरीमा भएको आक्रणपछि भारतीय सेना सीमा क्षेत्रमा तैनाथ गरिएको छ । भारतीय सेनाका उच्च अधिकारीले पनि सीमा क्षेत्रमा ठूला र मध्यमस्तरका आर्टिलरी तैनाथ गरिएको स्वीकार गरेका छन् । भारतीय सेनाले कुनैपनि अवस्थालाई नियन्त्रणमा लिनका लागि नियन्त्रण रेखामा बोफोर्स गन, १ सय ५ वटा आर्टिलरी तथा अन्य प्रकारका उपकरण पनि सीमा क्षेत्रमा तैनाथ गरेको छ ।

भारतीय सेनाले गुप्तचरलाई पनि सक्रिय बनाउनुका साथै गुप्तचरकै सूचनाका आधारमा हतियार तैनाथ गरेको हो । यता पाकिस्तानले पनि सीमा क्षेत्रमा सैनिक संख्या बढाउँनुका साथै युद्धसामग्री बढाएको छ भने राजधानी इस्तानबुलमा लडाकु हेलिकप्टर समेत उडाएर भारतलाई जवाफ दिनसक्ने देखाइसकेको छ । यसले कास्मिर आन्दोलन र विवाद छायाँमा परेर भारत–पाक संघर्ष मुख्य बन्न पुगेको छ ।

kasmirके हो कास्मिर विवाद ?
भारत र पाकिस्तानबीच सन् १९४७ देखि कास्मिरको विषयलाई लिएर विवाद रहदै आएको छ । करिब ६९ वर्षअघि २७ अक्टोबर १९४७ मा शासक हरि सिंहले कास्मिर भारतमा विलय गराउन एक सन्धीमा हस्ताक्षर गरे । तर कास्मिरका जनताको ठूलो हिस्सा भने स्वतन्त्रताका पक्षमा थियो । कास्मिरका शासकले आफूलाई कहिल्यै स्वतन्त्र नबनाउनु र जनताले कहिल्यै पनि भारतीय आधिपत्यको स्वीकार गर्न नसक्नु अहिलेको कास्मिर विवादको चुरो कुरो हो ।

एक हिन्दु राजाको अधिनमा रहेको मुस्लिम बहुल क्षेत्र न त भारतमा मिसिन चाहन्थ्यो न त पाकिस्तानमा नै । पुँछ इलाकाका बासिन्दाको झुकाब पाकिस्तानतिर थियो भने घाँटी र जम्मूमा प्रो–इन्डियन नेशलन कन्फ्रेन्सको प्रभाव थियो र त्यहाँका नेता शेख अब्दुल्ला भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरुका मित्र थिए । यद्यपि घाँटी र जम्मूका जनता भारतसँग मिसिने पक्षमा थिएनन् । कास्मिरमाथि आक्रमण हुँदा हरि सिंहले भारतको मद्दत मागे तर भारतले सर्त राख्यो कि सहयोग त्यसबेला हुन्छ, जहिले कास्मिर भारतमा पूर्ण रुपमा मिसिन तयार हुन्छ । आपतकालीन अवस्थामा कास्मिर जालझेलपूर्ण रुपमा भारतमा मिसिन पुग्यो । समस्याको चुरो कुरो यही छ कि कास्मिरको विलय तत्कालीन भएको र दीर्घकालमा स्वतन्त्र नै हुने आँकलन गरिएपनि भारतले त्यसलाई पूर्ण विलयको रुपमा लियो ।

कास्मिरका राष्ट्रवादीहरु त्यो एक अन्तरिम व्यवस्था भएकोले समयसँगै समाप्त हुनुपर्ने धाराणा राख्छन् तर भारतीय संविधानको धारा ३७० अनुसार कास्मिर यो संविधानको स्थायी अंग हो । कास्मिरमा त्यहाँका ठूलो संख्यामा जनताको बहिस्कारका बाबजुद आवधिक निर्वाचन हुने गर्छ र सोही आधारमा भारतको अधिकार भित्र पर्दै आएको छ । त्यतिमात्रै होइन कुनै समय कास्मिरको रक्षाका लागि हरि सिंहको आग्रहमा गएको भारतीय सेनाको वर्चस्व कहिल्यै अन्त्य भएन ।

शेख अब्दुल्लाले स्वतन्त्र कास्मिरको अभियान सञ्चालन गरेका थिए । उनको जीवनकालमा कास्मिर स्वतन्त्र हुन सकेन, किनकी उनी आफैंचाँहि भारतीय शासक वर्गबाट स्वतन्त्र थिएनन् । अहिले पनि कास्मिरमा मुस्लिम संगठनहरु स्वतन्त्रताका लडाईमा निरन्तर लागेका थिए । जुन दिन भारतीय संविधानको धारा ३७० समाप्त हुन्छ, त्यसदिन कास्मिर भारतको रहने छैन । तर त्यसपछि कास्मिर के हुन्छ यो स्पष्ट छैन । यसकारण कास्मिर विवाद एक ऐतिहासिक भूल र ऐतिहासिक गलफतीको परिणाम हो ।

कास्मिरको सुरक्षाका लागि भनेर ६९ वर्षअघि गएको भारतीय सेनालाई कास्मिरी जनताले अहिलेपनि आफ्नो मुख्य दुस्मन ठान्छन् भने भारतीय सेनाको कास्मिरी जनतामाथिको अत्याचार बयान गरिसाध्य छैन । सोही विवादको निरन्तरता हो, आजको कास्मिरको आन्दोलन । पाकिस्तानले कास्मिरमा हुने हरेक आन्दोलनलाई समर्थन गर्दै आएको छ । अहिलेको आन्दोलनमा पनि पाकिस्तानको साथ र सहयोग दुवै रहँदै आएको छ । सोही कारण अहिले भारत र पाकिस्तान भिडन्तको मनस्थितिमा देखिएका छन् ।

kasmir-beautyएक रणनैतिक क्षेत्र कास्मिर
भारतको ठूलो हिस्सा र पाकिस्तानमा सानो हिस्सा रहेको कास्मिर आफैंमा एउटा रणनीतिक महत्वको क्षेत्र हो । दुवै देशले यसलाई आफ्नो पक्षमा पार्न अनकौं हत्कन्डाहरु अपनाइसकेका छन् । जम्मु कास्मिर भएर बग्ने सिन्ध नदीमाथि भारत र पाकिस्तान दुवैको स्वार्थ रहँदै आएको छ । जलसम्पदामा दक्षिण एसियामा नै आँखा गाड्दै आएको भारतले सिन्ध जस्तो उपयुक्त नदीलाई कुनै हालतमा पनि गुमाउँन चाँहदैन ।

त्यसविरुद्ध उभिनेजति सबैलाई आतंकवादीको बिल्ला भिराएर भएपनि भारत जम्मु कास्मिरमाथिको आफ्नो बर्चस्व कायम राख्न चाहन्छ भने पाकिस्तान कास्मिरका जनताको भावनाअनुसार जनमत संग्रहबाट निर्णय लिनुपर्ने पक्षमा छ । कास्मिर विवादले सिंगो दक्षिण एसियाको राजनीतिक माहोल तताउने गर्छ, यसलाई हरेकले आफ्नो आफ्नो तरिकाले ब्याख्या गर्ने गरेका छन् ।

भारतले नै कास्मिरको समस्या सबैभन्दा पहिले १९४८ मा संयुक्त राष्ट्र संघमा लगेको थियो । यो पनि कास्मिर युद्धको एक कारण बन्यो । तर राष्ट्रसंघले कास्मिर विवाद जनमत संग्रहका माध्यबाट समाधान गर्नुपर्ने निर्णय गरेपनि भारतले त्यसलाई स्वीकार गरेको छैन । किनकी उसले कास्मिरका जनता भारतको पक्षमा नभई स्वतन्त्रताको पक्षमा भएको राम्रोसँग बुझेको छ ।

को हो कास्मिरी आतंकवादी ?
भारतले कास्मिरमा संघर्षरत मुस्लिम समुदायलाई आतंकवादीको संज्ञा दिने गरेको छ । केही दिनअघि भएको आक्रमणमा पनि उसले आतंकवादीको संलग्नता रहेको बताएको थियो भने पाकिस्तानले उरी घटना कास्मिर आन्दोलनमाथिको ज्यादतीको प्रतिक्रिया भएको टिप्पणी गरेको थियो । त्यतिमात्रै होइन कास्मिरको संघर्षलाई समर्थन गरेकोमा पाकिस्तानको र केही मुस्लिम संगठनलाई समेत आतंकवादको पक्षमा रहेको भारतले बताउँदै आएको छ ।

कास्मिर आन्दोलनका क्रममा भारतले पाकिस्तानमाथि आतंकवादलाई समर्थन गरेको, आतंकवादी देश भएको आरोप लगाउनु कुनै नौलो कुरा नै होइन । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफदेखि प्रधानसेनापति राहिल सरिफसम्मले कास्मिरमा भारतीय सुरक्षाकर्मीको दमनबाट सर्वसाधारण मारिएकोमा निन्दा गरे । यसलाई भारतले आतंकवादमाथिको समर्थन भन्यो । तर कास्मिरको आतंकवाद कास्मिरभन्दा बाहिर फैलिएको छैन । यो आतंकवाद भारतीय शासकको छलछामपूर्ण नीतिविरुद्धको आतंकवादको रुपमा आफ्नो पहिचान बनाएको छ । यसर्थ, कास्मिरका आन्दोलनकारी समुदाय चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस), अलकायदा, तालिवान, अल नुसरा फ्रन्टदेखि बोको हरामजस्ता आतंकवादी संगठन होइन ।

भारतले चरमपन्थी र आतंकवादी भनिरहेको हिज्बुल मुजाहिद्दिनलगायतका संगठन भारतको आँखामा आतंकवादी भएपनि स्वयम् कास्मिरी जनताको आँखामा स्वतन्त्रता आन्दोलनका अगुवा योद्धा हुन् । सोही कारण कास्मिरको आन्दोलनविरुद्ध त्यहाँका जनता उत्रिदैनन् । अहिले पनि भारतले साढे दुई महिनाभन्दा लामो समयदेखि कफ्र्यु, यातायात र सञ्चारमा समेत प्रतिबन्ध लगाइदा पनि कास्मिरी जनता शासक वर्गसँग झुकेका छैनन् ।

भारतले टाउको ठन्डा पार्नुपर्छ
के भारत र पाकिस्तान कास्मिरको सैनिक बेसमा भएको आक्रमणपछि पुनः भिडन्त गर्ने तयारीमा पुगेका हुन् ? यो प्रश्न यतिबेला आम बनेको छ । उरी घटनापछि भारतले पाकिस्तानी एक समूहलाई दोषी ठहर गरेको छ । हरेक दिनका भारत र पाकिस्तानका समाचारको शीर्षकले कुनै न कुनै रुपमा एक अर्कालाई दोषी देखाइरहेका छन् । तर, कसैले पनि जिम्मेवार बन्नुपर्नेतर्फत ध्यान केन्द्रित गरेको देखिन्न । सन् २०१४ मा प्रधानमन्त्रीको सपथ खाँदा उनले दक्षिण एसियाका सबै देशसँग सम्बन्ध सुधार गर्नेभन्दै सपथ ग्रहण समारोहमा सबै देशका राष्ट्र र सरकार प्रमुखलाई निमन्त्रणा गरेका थिए ।

सार्क राष्ट्रका प्राय सबै देशका प्रतिनिधि उनको सपथ ग्रहण समारोहमा सहभागी पनि भए । तर, उनले प्रधानमन्त्रीको कुर्सीमा पुग्नुअघि जुन वचन दिएका थिए । उनको कार्यकाल त्यसको ठीक उल्टो रहन पुग्यो । पुरानो सम्बन्धलाई अझ मजबुत बनाउने तर परका कुरा भएको सम्बन्ध पनि बिग्रने अवस्था आयो । आफ्नो स्वार्थविरुद्ध लाग्नेजति सबै आतंकवादी नै हुन्छन् ? यो प्रश्नको हल सबैभन्दा पहिले भारतले खोज्नुपर्दछ । भारतलाई अहिले आफू ठूलो, शक्तिशाली र हतियारसम्पन्न भएकोमा घमण्ड छ ।

ठूलो माछो जालमा प¥यो भने उम्कन सक्दैन । भारतले आफ्ना नीतिहरुलाई कसरी व्यवस्थित गर्दैछ ? कास्मिर घटना र पाकिस्तानविरुद्ध सैनिक कारबाहीको तयारीले भारतलाई त्यो दिशातर्फ नपु¥याओस् । भारतले अहिले जुन प्रकारको आफूलाई हतियार सम्पन्न मुलुकको रुपमा स्थापित भएको बताउँदै आएको छ, त्यसलाई कास्मिर र पाकिस्तानविरुद्ध प्रयोग गरेको खण्डमा न्युक्लियर सप्लायर्स ग्रुपको सदस्य बन्ने बाटोमा पनि तगारो लाग्न सक्छ ।

किनकी यदि भारतले यस्तो दुस्साहस गरेमा उसले कुनैपनि समयमा हतियार प्रयोग गर्ने कुरालाई नकार्न र पाकिस्तानविरुद्धको हतियार प्रयोगलाई पुष्टि गर्न कठिनाई पर्नेछ । यसले भारत दक्षिण एसियामा सुप्रिमो बन्न सक्दैन । पाकिस्तानविरुद्ध युद्धको अवस्था आएमा हुने ठूलो धनराशीको खर्च गरिबीको रेखामुनी कष्टकर जीवन बिताउन बाध्य करोडौं भारतीयमाथि नै अन्याय हुनेछ ।

सहज छैन पाकिस्तानमाथि आक्रमण
पाकिस्तानमाथि कारबाही गर्ने भारतीय चाहाना उसको एसियाली क्षेत्रको शक्तिशाली देश बन्ने मार्गमा अवरोध हो । भारतले चीन र पाकिस्तानबीचको बढ्दो सम्बन्धबीच रुस, जापान, इरान, अफगानिस्तान र मंगोलियाजस्ता देशलाई साथ लिन खोजिरहेको छ । तर, दुई दिनअघि मात्रै रुसी र पाकिस्तानी सेनाबीच संयुक्त सैनिक अभ्यासको खबरले भारत झस्किएको छ । पाकिस्तानमाथि भारत जाई लागेको खण्डमा चीन पनि चुप लागेर बस्ने अवस्था नरहन सक्छ । किनकी उसले पाकिस्तानको बलुचिस्तान हुँदै आर्थिक करिडोर निर्माणको महत्वपूर्ण कार्यको थालनी गरेको छ र त्यसलाई सफल बनाएरै छाड्ने बताउँदै आएको छ ।

चीनले तिब्बतमा पनि पाँच वटा हवाई हड्डा बनाइसकेको छ । त्यसमा गोंगर, ल्हासा, क्षिगेज, बांगदा र नगारीमा रहेका छन् । आजको चीनको तीव्रतम विकासका साथै हवाई, रेल र सडकमार्गको विकासले भारतलाई समेत चिन्ता पैदान गरेको छ । चीन आज विश्वकै शक्तिशाली देशको रुपमा दरिएको छ । चीन विकासको गतिमा भारतभन्दा धेरै माथि रहेको छ । आज चीन र भारतबीचको सैन्य शक्ति कति हो भन्ने बारेमा चर्चा परिचर्चा सुरु भएको छ ।

भारतसँग साढे १२ लाख भन्दा बढी सुरक्षा फौज छन् भने पाकिस्तानसँग ६ लाख २० हजारको हाराहारीमा सुरक्षा दस्ता छ । लडाकु विमान भारतसँग करिब १ हजार र पाकिस्तानसँग ३५३, मिसाइल भारतसँग २ सय भन्दा बढी पाकिस्तानसँग ५०, युद्धपोत भारतसँग २७ र पाकिस्तानसँग ८ पानीजहाज भारतसँग १६ र पाकिस्तानसँग १० वटा रहेका छन् । यसरी हेर्दा नियमित सैनिक शक्तिमा भारत बलियो नै छ । तर, भारतले रसियासँग हतियार किनेको छ भने त्यही रसियाली सैनिक पाकिस्तानमा आएर संयुक्त सैनिक अभ्यास गरिरहेका छन् ।

यदी पाकिस्तानलाई रुस र चीनले अनौपचारिक रुपमा नै सहयोग गरे भने भारतका रसियाली हतियारविरुद्ध पाकिस्तानका पनि सोही प्रकारका हतियारबीच टकराव हुनेछ । त्यसबेला क्षति पाकिस्तानलाई मात्रै हुने छैन, भारतपनि समस्यामा पर्नेछ । रसिया र चीन नै भारतभन्दा ठूलो सैनिक शक्ति भएका देश भएकाले क्षेत्रीय शक्ति सन्तुलनका आधारमा पनि भारतलाई पाकिस्तानविरुद्ध हतियार उठाउनु सहज हुनेछैन ।