काठमाडौं । काठमाडौंको भोटेबहालस्थित लुम्बिनी गेष्ट हाउसमा एक महिलाको हत्या भएको छ ।
काठमाडौं महानगरपालिका–२२ भोटेबहालस्थित लुम्बिनी गेष्ट हाउसमा दोलखा वावरे–९ घर भएकी ४८ वर्षीया राधिका थापाको हत्या गरेको अवस्थामा शव फेला परेको छ ।
राधिका सोमबार विहानदेखि सो गेष्ट हाउसमा एक पुरुषका साथमा बस्दै आएकी थिइन् ।
कोठा बुक गरी बसेकोमा थापालाई उनले लगाएको सुरुवालले घाँटीमा कसेर हत्या गरेको अवस्थामा मंगलबार फेला पारिएको प्रहरीले बतायो।
उनीसँगै कोठामा बसेका फरार व्यक्तिको प्रहरीले खोजतलास गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।