कोलम्बिया सरकार र फार्क विद्रोहीबीच शान्ति सम्झौतामा हस्ताक्षर

कोलम्बिया सरकार र फार्क विद्रोहीबीच शान्ति सम्झौतामा हस्ताक्षर

colombia-peace-agreementएजेन्सी । कोलम्बिया सरकार र वामपन्थी फार्क विद्रोहीबीच ५२ वर्ष लामो गृहयुद्ध अन्त्य गर्ने शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।

राजधानी कार्टिजेनामा फार्क विद्रोहीका तर्फबाट नेता निमान्सको र कोलम्बिया सरकारका तर्फबाट राष्ट्रपति म्यानुअल सान्तोषले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

यस सम्झौतापछि युरोपियन युनियनले कोलम्बियाको फार्क बिद्रोहीलाई चरमपन्थी संगठनको आफ्नो सूचीबाट हटाएको छ ।

संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुन तथा दक्षिण अफ्रिकाका अधिकांश देशका प्रमुख नेताहरुको उपस्थितिमा शान्ति सम्झौतामा हस्ताक्षर भएको हो । गोली आकारको कलमले शान्ति सम्झौतामा हस्ताक्षर गरिएको थियो ।

कोलम्बियाका राष्ट्रपति म्यानुअल सान्तोषले सम्झौताले एक नयाँ युगको सुत्रपात हुने बताए ।

कोलम्बियामा ५२ बर्षसम्म चलेको गृहयुद्धका क्रममा साढे २ लाख मानिसको मृत्यु भएको छ भने ६० लाखभन्दा बढी मानिस विस्थापित भएका छन् । कोलम्बियामा यस शान्ति सम्झौतालाई सदर गर्नका लागि आगामी महिना जनमत संग्रहको आयोजना गरिनेछ ।

यसअघि नै चार वर्ष लामो औपचारिक र अनौपचारिक वार्तापछि क्युवाको राजधानी हवानामा शान्ति सम्झौता गर्ने सहमति भएको थियो । सो सहमतिपत्रमा सरकारी र फार्क विद्रोहीका वार्ता टोलीका नेताले हस्ताक्षर गरेका थिए ।