सर्वोच्चलाई ढाँटेको रहेछ सरकारले, कारबाहीको चेतावनीपछि फाइल भेटियो

सर्वोच्चलाई ढाँटेको रहेछ सरकारले, कारबाहीको चेतावनीपछि फाइल भेटियो

singhadarbar-mantriparisadकाठमाडौं । सरकारले भूकम्पमा हरायो भनेको फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्वन्धी फाइल शुक्रबार सर्वोच्च अदालतमा पठाएको छ ।

संवैधानिक परिषदले कार्कीलाई अख्तियार प्रमुख सिफारिस गर्न गरेको निर्णयको पुस्तिका सर्वोच्चमा पठाइएको हो । मन्त्रिपरिषद कार्यालयबाट लोकमानसम्वन्धी फाइल प्राप्त भएको सर्वोच्चले जनाएको छ ।

मन्त्रिपरिषद्को कार्यालयले प्रमुख आयुक्त कार्की नियुक्तिका विषयमा सर्वोच्च अदालतले माग गरेबमोजिम कागजात खामबन्दी गरेर पठाएको उनले जानकारी दिए ।

लोकमानको नियुक्ति सदर गर्ने आदेश पुनरावलोकनको माग गर्दै परेको निवेदनको सुनुवाइका क्रममा सर्वोच्चले यसअघि पनि नियुक्तिको फाइल सरकारसँग मागेको थियो । तर, सरकारले भूकम्पका कारण कार्यालय सार्नु परेको भन्दै हराएको जवाफ पठाएको थियो ।

लोकमानको नियुक्ति सदर गर्ने आदेश पुनरावलोकनको माग गर्दै परेको निवेदनको सुनुवाईका क्रममा सर्वोच्चले नियुक्तिको फाइल सरकारसँग मागेको थियो ।

नियुक्तिको फाइल हराएको सरकारको जवाफपछि सर्वोच्चले उक्त मुद्दाको पुनः सुुनुवाइ गर्दै सरकारसँग एक हप्ताको समय दिएर फाइल पुनः मगाएको थियो ।

फाइल हराएको भन्ने सरकारको जवाफ गैरजिम्मेवार भन्दै सर्वोच्चले सात दिनभित्र फाइल पेश गर्न सरकारलाई पुनः आदेश दिएको थियो । सर्वोच्चले लोकमानको नियुक्तिसम्वन्धी फाइल पेश नगरे कारबाही गर्नेसमेत चेतावनी दिएको थियो । सरकारले फाइल सर्वोच्च पठाएसँगै अब मुद्दाको प्रक्रिया अघि बढ्नेछ ।

आयोगका प्रमुख आयुक्त कार्की नियुक्तिको कानुनसम्मत नभएको उल्लेख गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदातलमा २०७० वैशाख २९ गते रिट निवेदन दायर गरेका थिए । सर्वोच्चले सो रिटको २०७१ असोज ८ गते खारेज गरेको थियो ।