मानसिक सन्तुलन गुमाएकी महिला बलात्कारी प्रहरी पक्राउ

gang-rapeधनगढी । मानसिक सन्तुलन गुमाएकी एक महिलालाई बलात्कार गरेको अभियोगमा एक प्रहरी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा दरबन्दी भएका भान्सेका रुपमा कार्यरत कार्यालय सहयोगी गौरसिं फराल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र विष्टले फरालमाथि जबर्जस्ती करणी मुद्दा दर्ता गरी कारबाही थालिएको बताए ।

स्थानीय क्याम्पस चोकको झाडीमा मानसिक सन्तुलन गुमाएकी महिलालाई फरालले बलात्कार गर्दै गरेको देखिएपछि स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका थिए ।