एजेन्सी । इजिप्टमा आज समुद्रमा ३ सय आप्रवासीलाई लिएर गइरहेको एउटा डुंगा डुब्दा कम्तीमा पनि २९ जनाको मृत्यु भएको छ ।
इजिप्ट, सिरिया र अफ्रिकी शरणार्थीलाई लिएर गइरहेको डुंगा डुबेको हो ।
इजिप्टको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जानरी गर्दै कफ्र अल शेख प्रान्तमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या २९ पुगेको जनाएको छ ।
अहिलेसम्म १० महिला १८ पुरुष र एक बच्चाको शब भेटिएको छ । अहिलेसम्म पनि डुंगा कुन देश जाँदै थियो भन्ने एकीन भएको छैन । पछिल्ला केही वर्षयता हिंसाग्रस्त देशबाट युरोप जाने आप्रवासीको सख्ंया ह्वात्तै बढेको छ ।