फेरि सिटी र युनाईडेट भिड्ने

फेरि सिटी र युनाईडेट भिड्ने

काठमाडौं । इङ्लिस लिग कप फुटबल प्रतियोगिताको चौथो चरणमा म्यान्चेस्टर युनाईटेड र म्यान्चेस्टर सिटी भिड्ने भएका छन् ।

प्रिमियर लिग अन्तर्गत गत साता सम्पन्न खेलमा सिटीले युनाईटेडलाई २–१ ले हराएको थियो ।

लिग कप फुटबलको तेस्रो चरणमा जित निकालेको सिटी र युनाईटेडबीच चौथो चरणमा भेट हुने भएको हो ।

जोजे मौरिन्होको म्यान्चेस्टर युनाईटेडले प्रिमियर लिगका पछिल्ला दुई खेलमा पराजय बेहोरेको छ भने पेप ग्वार्डीयोलाको म्यान्चेस्टर सिटीले सतप्रतिशत जित निकालेको छ ।

बुधबार निकालिएको खेल तालिका अनुसार लण्डन क्लव चेल्सीले आफ्नै शहरको प्रतिद्धन्दी वेष्ट ह्याम युनाईटेडसँग खेल्नेछ भने लिभरपुलले टोटनह्याम हट्सपरसँग तथा आर्सनलले तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी रिडिङसँग खेल्नेछ ।