राष्ट्रघातको नबीनीकरणमा सही छाप

राष्ट्रघातको नबीनीकरणमा सही छाप

dil-sahaniमाओले भनेका छन् जब शत्रुले तिम्रा कामको प्रशंसा गर्न थाल्दछ तिमीले बुझ्नु पर्दछ तिमीले गलत काम गरिरहेका छौं । अनि जब शत्रुले तिम्रा कामहरूको धुँवाधार बिरोध गर्दछ तिमीले सम्झनु पर्दछ तिमीले सही काम गरिरहेका छौं । हामीले भारतलाई आफ्नो दुश्मन मान्दैनौं । मित्र नै मान्दछौं ।

तर पनि उसको हामी र हाम्रो देशप्रतिको व्यवहार कहिले पनि मित्रको जस्तो छैन । शत्रुकै जस्तो छ । यसैले पनि भारतले जब जब हाम्रा नेताको प्रशंसा गर्न थाल्दछ हामीले के बुझ्न जरुरी छ भने हाम्रा नेताले हाम्रो अहितमा र भारतको हितमा काम गरिरहेका छन् । उनीहरूले भारतले आफ्नो स्वार्थमा जे जे कुरा मागेका छन् हाम्रा नेताले दानवीर कर्णले जस्तै आफ्नो छातीको कवज पनि आफू रक्त्याम्मै हुृँदै निकालेर दान दिएका छन् । उनीहरू सारा राज्य मागे भने पनि राजा हरिश्चन्द्र जस्तै बनेर आफ्नो सर्वस्व दान दिन तयार भएका छन् । भारतले कोशी माग्यो । हाम्रा नेताले कोशी भारतको चरणकमलमा टक्राए । राखिदिए ।

भारतले उनीहरूको धुँवाधार प्रशंसा गर्यो । भन्यो श्वावास गोर्खे नेता । त्यसरी नै हाम्रा नेतासित भारतले गण्डकी माग्यो । हाम्रा नेताले गण्डकी पनि भारतको चरणकमलमा श्रद्धा भक्तिपूर्व राखिदिए । भारतले भन्यो – श्वावास बहादुर तैंले ठीक गरिस् । गर्नसम्म गरिस् । एकपल्ट पल्केको टिल्के घरि घरि झुल्के भने जस्तै भारतले. महाकाली माग्यो । हाम्रा प्रिय महान नेताहरूले सोंचे मालिकको चाकरी गर्ने यो एउटा स्वर्णीम मौका हो । अवसर हो ।

यसलाई कुनै पनि हालतमा गुमाउनु हुँदैन । उनीहरूले महाकाली पनि भारतको चरणकमलमा सश्रद्धा र सभक्ति रातारात सुम्पिदिए । जनताको तीब्र बिरोधको कुनै वास्ता गरेनन् । भारतले उनीहरूको पिठ्युँमा धाप लाउँदै भन्यो – धन्य बीर बलभद्र र भक्तिथापाका सन्तान हो तिमीहरूलाई पशुपतिनाथले कल्याण गरुन् । जब हाम्रा नेताहरूसित भारतले बचेखुचेको अपर कर्णाली माग्यो हाम्रा बुद्धिमान नेताले घुमाउरो बाटोबाट खुृसुक्क त्यसलाई पनि भारतकै चरण कमलमा टक्राइदिए । सुम्पिदिए ।

भारत खुशीले गद् गद् भयो र भन्यो – श्वावास लेन्डुपे । तेरो अबतार जम्बु द्वीपे नेपाल देशेमा पनि भएछ । अहिले हाम्रा प्रिय प्रधानमंत्री पुष्पकमल दाहालले विगतमा भारतसित नेपालले गरेका सबै अससान अन्यायपूर्ण र राष्ट्रघाती सन्धि समझौतालाई खारेज वा समान हितको आधारमा पुनरलेखन गरी नयाँ सन्धि समझौता गर्नु पर्नेमा उल्टै जोरदार रुपले कार्यान्वयन गर्ने भन्ने कागज लेखी लेखाई त्यसमा दुबै अंगुठाको लेप्चे लगाइदिएछन् । सही धस्काइदिएछन् ।

यो कुरा त संयुक्त बक्तव्यमा नै प्रकाशित भैसकेको छ । खृुला भैसकेको छ । अरु पनि उनले भारतलाई खुृशी पार्न के के गोप्य सन्धि सम्झौता गरे त्यो त आउने दिनले नै प्रष्ट पार्दै जानेछ । जे होस् , भारतको औपचारिक भ्रमणमा निस्केका हाम्रा प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले भारतले जे जे चाहन्छ त्यो दिएर श्वाबासी बटुल्ने कसरत गरेछन् । भारतलाई खुशी पार्ने अभ्यास गरेछन् । नेपाली जनतालाई जुन कुराको डर थियो उनीहरूले त्यही कुरा पुरा गर्न पट्टि लागेछन् । भनौं उनले विगतको राष्ट्रघातलाई नबीनीकरण गरिदिए छन् ।

हिजो भारतको हस्तक्षेप तथा अतिक्रमण बिरुद्ध सुृरुङ युद्धको घोषणा गर्ने कमरेड प्रचण्ड आज भारतका शासकका अगाडि १८० डिग्री झुकेको देखिन्छ । हिजो कटुवाल काण्डको बेलामा कुृनै विदेशी प्रभुका अगाडि झुक्दिन भनेका प्रचण्ड यतिबेला उनै प्रभुहरूका अगाडि नतमस्तक हुृन थालेको. देखिन्छ । यतिबेला प्रचण्ड बोलीको. कुनै सदर नभएका नेताको रुपमा देखा पर्न थालेका छन् । कुनै कुरामा पनि कुनै अडान नभएका नेताको रुपमा देखा परेका छन् । यो कुरा उनकै लागि आत्मघाती कुृरा हुन सक्दछ । यस कारण कि उनलाई एक पटक होइन सयौं पटक जनताको. दरबारमा खडा हुनु पर्दछ । जनताको अदालतमा खडा हुनु पर्दछ । उनी जनताप्रति जवाबदेही हुनु पर्दछ ।

जे होस् , भारत भ्रमणमा निस्केका प्रचण्डले भारतका शासकबर्गले जे जे माग गरे त्यसलाई पूरा गर्ने बचन बद्धता प्रकट गरेका हुनाले नै उनी त्यहाँ त्यति धेरै प्रशसांका पात्र बनेका छन् । यो कुनै एउटा लाटाले समेत सहजै बुझ्न सक्ने कुरा हो । यसले उनले भारतमा गएर नेपालको हितमा होइन कि भारतको हितमा काम गरे भन्ने कुराको प्रमाण दिन्छ ।

बास्तवमा भारत नेपालको साँचो मित्र भएको भए र हरेक काम नेपालको हितमा वा दुबै देशको पारस्परिक हितमा गर्ने भएको भए भारतको प्रशंसालाई हामी कुनै दुश्मनको होइन कि मित्रकै प्रशंसाका रुपमा लिन सक्दथ्यौं । त्यस्तो प्रशंसा हाम्रो. निम्ति खुृशीकै कुरा हुन सक्दथ्यो । त्यस्तो प्रशंसा हाम्रो निम्ति सकारात्मक कुरा नै हुन सक्दथ्यो । तर कुरो यस्तो त होइन । चीज यस्तो त होइन ।

मान्छेहरू भन्ने गर्दथे प्रचण्ड भारतका शाशक बर्गमा मान्छे भैसकेका छन् । उनी भारतले जन्माएका मान्छे हुन् । उनी भारतले खडा गरेका मान्छे हुन् । यिनी भारतको ईशारामा चल्ने मान्छे हुन् । यिनी भारतका मान्छे हुन् । यतिबेला उनका हरेक गतिविधिले यही कुरा पुष्टि गरिरहेको छ । पार्टीको संख्यात्मक हिसाबले उनी तेस्रो ठूलो पार्टीमा पर्दछन् । तेस्रो ठूलो पार्टीका मान्छे प्रधानमंत्री हुन नपर्ने । तर पनि नाटकीय रुपमा उनी प्रधानमंत्री हुन पुगे । उनी भारतकै इच्छा चाहना र आड भरोसमा नै प्रधानमंत्री बने भन्ने कुरा देखिन्छ । शायद यही भएर भारतले उनलाई निकै खातिर गर्न थालेको छ । उनलाई उचाल्न थालेको छ ।

उनलाई राजकीय सम्मान गर्न थालेको छ । मान्छेहरू दुहुनो भैसींलाई नै हरियो घाँस हाल्छन् । भारतले यतिबेला पुष्पकमल दाहाल प्रचण्डलाई दुहुनो भैसी ठानेको छ । उनीबाट ज्यादा ज्यादा दूध झार्नलाई उसले. उनलाई रातो कार्पेट विछाएर स्वागत गरेको छ । उनीबाट दूधको नाममा एक थोपो पनि नझर्ने भए भारतले पुष्पलाल दाहाललाई कर्के आँखाले पनि हेर्दैन्थ्यो । उनलाई थारो. भैसीलाई जस्तै नकटाए पनि हरियो घाँस हालेर अवश्य राख्ने थिएन । उनीबाट केही झर्छ भनेर नै भारतले उनलाई यति भव्य स्वागत गर्न लागेको हो । उनको यति ठूलो खातिर गर्न थालेको हो । नत्र कौन पुछे मसुरीका दाल ।

तीन ठूला दलहरूको ताकतमा जारी गरिएको संविधान लागू गर्ने काम तीन ठूला दलहरूकै हो । संविधानलाई जलाउने मधेसवादी दलले संविधानलाई लागू गर्ने कुरा भएन । संविधानसभाको बहिस्कार गरेको माओवादीले पनि संविधान लागू गरिदिने कुरा भएन । यसैले यतिबेला प्रचण्ड सरकारको प्रमुख काम संविधानको कार्यान्वयन नै हुन पुगेको छ ।

प्रधानमंत्री यतिबेला यही काममा दिन रात खट्नु पर्ने । के आवश्यक थियो उनले प्रधानमंत्री हुँदा लगाएको मालाको फूल अझै राम्ररी सुक्न नपाउँदै उनलाई दिल्लीको दौडाहामा निस्किन । भारतको भ्रमणमा निस्किन । नेपालका लागि कुनै महत्वपूर्ण कार्यको लागि पनि होइन । अत्यावश्यक कामको लागि पनि होइन । उही हिजो उनी लगायतका नेपालका अन्य शासकले भारतको दबाबमा गरेका राष्ट्रघाती सन्धिलाई नबीनकरण गरिदिन । लालमोहर लगाइदिन ।

यसरी अरुले राष्ट्रघात गरेका कुरामा थप राष्ट्रघात गर्न उनलाई किन दिल्ली दरबारको लाग साइत गर्नृ पर्दथ्यो । बरु उनी यतै हिजोका पंचे मंत्रीले जस्तै शौचालयहरूको उद्घाटन गर्दै बसेको भए हुन्थ्यो । उनले उद्घाटन गर्नु पर्ने वा धागो काट्नु पर्ने जस्ता कुनै पनि महत्वपूर्ण काम नभए ओछ्यान लगाएर मीठो निंदमा रंगीन सपना देख्दै सुतेको भए पनि यो पनि यस देशको हितकै काम हुन्थ्यो । गाली खाने होइन ताली खाने काम हृुन्थ्यो ।