बंगलादेशमा फ्याक्ट्रीमा आगलागी, २१ को मृत्यु

banlgadesh_tongi_fireएजेन्सी । बंगलादेशमा एक प्याकिङ गर्ने फ्याक्ट्रीमा भीषण आगलागी हुँदा कम्तीमा पनि २१ जनाको मृत्यु भएको छ भने ७० भन्दा बढी घाइते भएका छन् ।

राजधानी ढाकाको उत्तरी क्षेत्रमा रहेको टोंगी शहरमा रहेका चार तले भवनमा सयौं कामदारहरु काम गरिरहेको अवस्थामा बोइलर विस्फोट भएर आगलागी हुँदा ठूलो क्षति भएको हो ।

बंगलादेशका फ्याक्ट्रीहरु आगोबाट असुरिक्षत रहेकाले आगलागीका घटनाहरु भइरहन्छन् ।

गत वर्ष ढाकामा रहेको प्लास्टिक फ्याक्ट्रीमा भएको आगलागीबाट कम्तीमा १३ जनाको मृत्यु भएको थियो । सन् २०१२ मा पनि ११२ जनाको मृत्यु भएको थियो ।