दमास्कस । सिरियाली विद्रोही संगठन अल नसुरा फ्रन्टका वरिष्ठ नेता अबु ओमर सकरावको मृत्यु भएको छ ।
सिरियाको व्यापारिक राजधानीका रुपमा परिचित एलेप्पो शहर नजिक भएको हवाई आक्रमणमा वरिष्ठ नेता सकरावको मृत्यु भएको जनाइएको छ ।
अल नसुराका नेता जवता फते सामले ट्वीटरमार्फत् कमान्डर सकरावको मृत्यु भएको पुष्टि गरेका छन् । तर कुन कसले गरेको हमलाका क्रममा उनको मृत्यु भएको हो भन्ने बारेमा भने केही खुलाइएको छैन ।
सिरियाली विद्रोहीमाथि रसिया र अमेरिकाले हवाई हमला गर्दै आएका छन् भने पछिल्लो सातादेखि टर्कीले समेत सीमावर्ती क्षेत्रमा हमला गरिरहेको छ ।