अस्ट्रेलिया । अस्ट्रेलियामा रहेका नेपाली तथा भारतीय हिन्दू नारीले तीज पर्व धुमधामका साथ मनाएका छन् ।
अस्ट्रेलियाका विभिन्न स्थानमा रहेका हिन्दू महिलाले ब्रिजबेनमा रहेको लक्ष्मीनारायण मन्दिरमा भेला भई तीज पर्व मनाएका हुन् । मन्दिरका पूजारी हरिहर अधिकारीले हरेक वर्ष तीज तथा बडा दसैँका बेला मन्दिरमा बढी मात्रामा भीडभाड हुने बताए ।
शनिबार बिहान ७ देखि ११ र साँझ ४ देखि ७ बजेसम्म, आइतबार बिहान ७ देखि दिउँसो २ बजेसम्म तथा सोमबार बिहान ७ देखि ११ बजेसम्म र साँझ ६ देखि ८ बजेसम्म मन्दिर खुला रहने उनले बताए ।
स्याङ्जा निवासी अधिकारीलाई चार वर्ष अगाडि सो मन्दिरमा पूजारीको जिम्मेवारीमा नियुक्ति गरिएको थियो ।