मधेसमा एमाले नेता पोखरेलको पुत्ला जल्यो

Shankar-Pokhrelकाठमाडौं । लामो समयको मधेस आन्दोलनबाट मत्थर भएको मधेसमा फेरि आन्दोलन तात्ने देखिएको छ ।

नेकपा एमालेका नेता शंकर पोखरेलले मधेसका जनता कालो वर्णको हुने भन्दै टिप्पणी गरेपछि उनी विरुद्ध मधेसमा आन्दोलन शुरु भएको छ ।

पोखरेलले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गरी मधेसका जनता कालो वर्णका हुने भएकाले मधेसी मोर्चाले असोज ३ गते कालो दिवस मनाउन लागेका हुन् कि भनेर लेखेका थिए ।

उनले मधेसका जनता कालो वर्ण भनी वर्ण विभेद गर्ने टिप्पणी गरेपछि सामाजिक सञ्जालमा नै उनको आलोचना भएपछि आफ्नो ट्वीट हटाएका थिए । स्वस्फूर्त रुपमा सडकमा उत्रिएका मधेसी युवाहरुले रौतहट सदरमुकाम लगायत मधेसका विभिन्न जिल्लाहरुमा एमाले नेता पोखरेलको पुत्ला जनाएका छन् ।

एमाले नेता पाेखरेलले यस्ताे स्टाटस लेखेका थिए ः

shankar status