फेसबुकमा आफ्नो मोबाइल नम्बर राख्नुभएको छ ? तत्कालै हटाउनुहोस्

फेसबुकमा आफ्नो मोबाइल नम्बर राख्नुभएको छ ? तत्कालै हटाउनुहोस्

Remove-Your-Phone-Number-on-Facebookकाठमाडौं । तपाईले आफ्नो फेसबुक प्रोफाइलमा मोबाइल नम्बर राख्नु भएको छ भने त्यसलाई तत्कालै हटाउनुहोस् ।

तपाईले फेसबुकमा राख्नु भएको नम्बरबाट तपाईका गोप्य सुचनाहरु निकाल्न सक्छ । यसो गरेमा कसैले तपाईको जानकारीको गलत ठाउँमा प्रयो गर्न पनि सक्छ ।

एक रिपोर्टका अनुसार साल्ट एजेन्सीका टेक्निकल डाइरेक्टर रेजा मोउनुद्दिनले एक कोडिङ स्क्रिप्टको प्रयोग गरेर बेलायत, अमेरिका र क्यानडाका हरेका नम्बरको कम्बिनेशन तयार पारे ।

त्यसपछि उनले लाखौ नम्बरहरु फेसबुक एप बिल्डिङ प्रोग्राम (एपीआई) मा पठाए र लाखौ व्यक्तिगत प्रोफाइल प्राप्त गरे ।

मोउनुद्दिनले यसरी प्राप्त हुने व्यक्तिगत प्रोफाइलहरुलाई गलत तरिकाले प्रयोग गर्न र बेच्न सकिने बताएका छन् ।

फेसबुकले यसबारेमा अप्रिलमा नै सुचित गरिसकेको छ र एपीआईलाई प्री–एन्क्रिप्ट गर्नका लागि भनेको थियो । फेसबुकका १४ लाख भन्दा बढी प्रयोगकर्ताको एकाएन्ट ह्याकर्सको निशाना र उच्च जोखिममा रहेको बताइएको छ ।

यस्ता एकाउन्टको नाम, फोन नम्बर, शैक्षिक योग्यता र ठेगाना अर्थात लोकेशन अवैध ट्रेडिङ साइटस्लाई बेच्न सकिन्छ । त्यतिमात्र होइन ट्विटर र फेसबुकको एकाउन्ट चोरी गरेर थुपै्र फाइदा लिन सकिने उनको भनाई छ ।