एजेन्सी । सायद तपाईलाई यो कुरा केही असहज र अनौठो पनि लाग्न सक्छ, तर यो कुरा सतप्रतिशत साँचो हो ।
आफ्नी पत्नीको तपाई पहिलो नै श्रीमान् हो भन्ने प्रश्न गर्नुभयो भने तपाईमाथि पनि यही प्रश्न आउन सक्छ । अब तपाई सोच्नुहोला कि जब हामी पहिलो विवाह गर्दैछौं र मेरी पत्नीको पहिलो विवाह हुँदैछ भने म मेरी पत्नीको चौथो पति कसरी भए ?
हरेक युवतीका चार पति र आफू त्यसमा पनि चौथो हुने कुरा तपाईलाई सम्भव नलाग्नसक्छ । तपाईको विवाहको समयमा सम्पूर्ण ध्यान विवाह र नातेदारसँग केन्द्रीत हुन्छ ।
तर तपाईले विवाहको समयमा पण्डितको मन्त्रलाई सही तरिकाले बुझ्नुभयो भने तपाईलाई थाहा हुनेछ कि विवाहको समयमा जब तपाई मण्डपमा बस्नुहुन्छ त्यसबेला बेहुलाको रुपमा तपाईको नम्बर चौथो हुन्छ ।
तपाईभन्दा पहिले कुनैपनि बेहुलीको स्वामित्व तीन मानिसका नाममा सुम्पिइन्छ । विवाहको समयमा पण्डितले मन्त्र पढिरहेका बेला तपाईले मन्त्रको मतलबै गर्नुहुन्न ।
खासमा वैदिक परम्परामा नियम छ कि युवतीले इच्छाले चार मानिसको पति बन्न सक्छन् । यही नियमअनुसार स्त्रीलाई पतिव्रत मर्यादामा राख्नका लागि विवाहको समयमा सांकेतिक विवाह तीन देवतासँग गराइन्छ ।
यसमा सबैभन्दा पहिले कुनै वेहुलीको पहिलो अधिकार चन्द्रमालाई, त्यसपति विश्वावसु नामको गन्दर्भ र तेस्रो नम्बरमा अग्नी र अन्तिममा उनको पतिलाई सुम्पिने गरिन्छ । यसैले द्रोपदी वैदिक परम्परामा एक भन्दा बढी पतिका साथ बसेकी थिइन् ।