युग युग बाँची दिन्छु

युग युग बाँची दिन्छु

puspa-gopal-shresthaतिम्रो मायामा पलाएको

तिम्रै स्नेहमा फस्टाएको
म त लालीगुराँस हुँ
धर्ती भरी फुली दिन्छु
आकाश भरी छाई दिन्छु
तिम्रो चाहनालाई
जीवित राख्न
म मरेर पनि बाँची दिन्छु ।

तिम्रो कोमल हृदयको
ममताभित्र उब्जेको
म त सगरमाथा हुँ
शोषित पीडित जनको
दुःख पीडामा
पग्लिएर
मुक्ति र स्वतन्त्रताको
गीत गुणगुनाइ हिड्ँछु
तिम्रो चाहनालाई
जीीित राख्न
तिम्रै चिनारीका साथ
युग युग म बाँची दिन्छु ।

तिम्रो शितल छहारीको
शितल पवन यो
सन्देश हो विश्व शान्तिको
खलबल्याउन खोज्छ जस्ले
मुन्टयाइ दिन्छु म, त्यस्लाई
जन–क्रान्तिको ज्वाला मुनी
तिम्रो चाहनालाई
जीवीत राख्न
तिम्रै चिनारीका साथ
युग युग म बाँची दिन्छु ।

२०४५/०२/०४
बिहान