उत्तर कोरियाद्वारा एकै पटक तीन क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाद्वारा एकै पटक तीन क्षेप्यास्त्र परीक्षण

North Korea Missileएजेन्सी । उत्तर कोरियाले आज आफ्नो पूर्वी तटबाट तीन वटा ब्यालेष्टिक मिसाइल परीक्षण गरेको छ ।

चीनमा जी–२० को शिखर सम्मेलनमा शीर्ष नेताको बैठक चलिरहेका बेला उत्तर कोरियाले नयाँ मिसाइल परीक्षण गरेको हो ।

दक्षिण कोरियाका रक्षा मन्त्रालयका प्रवक्ताले सोमबार बिहान तीन बजे उत्तर कोरियाको ह्वांग्जु प्रान्तबाट जापानी सामुद्रिक क्षेत्रमा मिसाइल छाडेको हो ।

यसलाई अघिल्लो पनडुब्बी परीक्षणभन्दा केही आक्रामक परीक्षणका रुपमा हेरिएको छ । उत्तर कोरियाले जारी राखेको क्षेप्यास्त्र परीक्षणले कोरियाली प्रायद्वीपमा थप तनाव बढ्ने अनुमान गरिएको छ ।

उसले केही समयदेखि लगातार आफ्नो क्षेप्यास्त्र परीक्षणलाई जारी राखेको छ । यसैवर्षमात्रै उत्तर कोरियाले परमाणु र स्याटेलाइट परीक्षण गरेपछि उसमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लाग्दै आएको छ ।