dollsकाठमाडौं । संसारमा धेरै कम मात्रै मानिसहरु डरलाग्दा स्थानमा जान मन पराउँछन् ।

चुनौती र खतरा मोल्नु धोरै मान्छेका लागि मात्रै चाहानाको विषय हुन्छ ।

कुनै स्थानको बारेमा नयाँ कुरा थाहा भयो भने मानिसहरु त्यसबारेमा जान्न इच्छुक हुन्छन्, तर चुनौती नै मोल्न भने हत्तपत्त तयार हुँदैनन् । के तपाईलाई भूत प्रेतजस्ता कुरामा विश्वास लाग्छ ?

तपाईलाई विश्वास लागेपनि नलागेपनि संसारका धेरै मानिसहरु यसमा विश्वास राख्छन् । मेक्सिको सिटीदेखि केही नजिकको दुरीमा एउटा स्थान छ, जसलाई मानिसहरु भूताहा क्षेत्रका रुपमा लिन्छन् ।

यस क्षेत्रलाई ‘इस्ला डी लास मुनिकास’ को रुपमा चिनिन्छ, जहाँ हरेक वर्ष ठूलो संख्यामा पर्यटकहरु रमाइलो गर्नका लागि पुग्ने गर्छन् । यस टापुका रुखमा झुण्डिएका सुन्दर डल्सहरु देखिन्छन् ।

मानिसहरुले यी डल्सहरु बेलाबेलामा हल्लिने र घुम्ने गरेको बताउँछन् । तर कतिपयले भने यसलाई अफवाह मात्रै भएको बताउँने गरेका छन् । केही समयअघि सो स्थानमा फँसेकी एक महिला पछि मृत फेला परेकी थिइन् ।

ती मृत युवतीको आत्मलाई मुक्त गर्न भन्दै एउटा रुपमा डल झुण्ड्याइयो । केही वर्षअघि त्यो डल टाँग्ने व्यक्ति पनि मृत फेला परे । मृत युवतीको आत्मा अहिले पनि ‘इस्ला डी लास मुनिकास’ मा भड्किरहेको स्थानीयको दाबी छ ।

भूतको यही रोमाञ्चक कथा नै यो क्षेत्रमा पर्यटक आउने प्रमुख कारण बनेको छ । त्यस क्षेत्रका रुखमा युवतीका डलहरु राखिएका छन्, तर त्यसको वास्तविकता भने खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर