काठमाडौं । शनिबार सम्पन्न अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर संघको काठमाडौंको भेलाले जितबहादुर राईलाई संयोजक बनाएको छ । भेलाले पूर्णबहादुर तामाङसहित पाँचजनालाई सह–संयोजक बनाउँदै ४७ जनाको जिल्ला समिति निर्माण गरेको छ ।
भुवन राउतले संचालन गरेको सो भेलाको प्रमुख आतिथ्यता अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघका संयोजक ईश्वर तिमिल्सिनाले गरेका थिए भने महासंघका पूर्व अध्यक्ष बद्री बजगाईंको विशेष उपस्थिति रहेको थियो । भेलामा करिब दुईसय यातायात मजदुरहरुको उपस्थिति रहेको थियो ।