जन्मदिनको उपहार स्वरूप अनाथ बालबालिकालाई सहयाेग

जन्मदिनको उपहार स्वरूप अनाथ बालबालिकालाई सहयाेग

anath

नवलपरासी । नवलपरासी बर्दघाटका युवा सुनचांदी ब्यवसायी राजेन्द्र सुनारका परिवारले दिवंगत छोरा शौरभको जन्मदिनको अवसरमा अनाथ बालबालिकाहरुलाई सहयोग गरेका छन् ।

दिवंगत छोराको ११ औं जन्मदिनको स्मृतिमा सुनार परिवारले सिद्धार्थ बालगृह भैरहवाका बालबालिकाहरुलाई शनिवार सहयोग गरेका हुन् । सुनार परिवारले स्वर्गीय छोराको स्मृति गर्दै बालगृहका २८ जना बालबालिकाहरुलाई आफ्नै हातले पकाएर पोषणयुक्त खाना समेत खुवाएका थिए ।

बालगृहका अनाथ बालबालिकाहरुको रोजाई अनुसार उनीहरुलाई आफैले खाना बनाएर खुवाएको सुनारले जानकारी दिए । तीजको दर खुवाउने दिनमा भएको सो कार्यक्रमबाट बालबालिकाहरु खुसी भएका थिए ।

उनीहरुले अनाथ बालबालिकालाइृ खाना खुवाउनुका साथै दाल तेल र ग्यास समेत बाल गृहलाई सहयोग गरेका थिए । बर्दघाटका युवा ब्यवसायी सुनार परिवारले बालगृहलाई ३० हजार रुपैया बराबरको आर्थिक खर्चका थिए ।