क्रान्तिकारी पार्टी निर्माणको प्रश्न

क्रान्तिकारी पार्टी निर्माणको प्रश्न

दिनेश शर्मा
दिनेश शर्मा

“क्रान्तिकारी पार्टी ज्यादै जरुरी छ, किनभने संसारमा त्यस्ता वर्गशत्रुहरु छन्, जसले जनतामाथि उत्पीडन गर्छन् र जनता भने शत्रुबाट हुने उत्पीडनको जरो उखेल्न चाहन्छन् । पुँजीवाद र साम्राज्यवादको युगमा ठीक कम्युनिस्ट पार्टी जस्तै एउटा क्रान्तिकारी पार्टीको खाँचो हुन्छ । यस्तो पार्टीबिना जनताका हातबाट शत्रुको उत्पीडनको जरो उखेल्न एकदमै असम्भव हुन्छ । हामी कम्युनिस्ट हौं । शत्रुको तख्ता पल्टाइदिने काममा हामी जनताको नेतृत्व गर्न चाहन्छौं । तसर्थ हामीले आफ्नो पंक्तिलाई एकदम सुव्यवस्थित राख्नुपर्छ । हामीले पाइला मिलाएर अघि बढ्नुपर्छ । हाम्रा फौजहरु अब्बल दर्जाका पल्टन हुनुपर्छ र हाम्रा हतियारहरु असल हतियार हुनुपर्छ । यी शर्तहरु पूरा नगरीकन शत्रुको तख्ता पल्टाउन सकिंदैन ।”

क. माओ, पार्टीको कार्यशैली सुधार, १ फरबरी १९४२

वर्गीय समाजमा वर्ग अन्तरविरोध अनिवार्य शर्त हो । जब समाजमा अन्तरविरोध हुन्छ, तब अन्तरविरोधले वर्गसंघर्षलाई निम्याउँछ । वर्गसंघर्ष जब क्रमशः बढ्दै जान्छ, त्यसले एउटा बिन्दुमा गएर फड्को मार्छ, त्यतिबेला एउटा वर्गले हार्छ र अर्को वर्गले जित्छ । समाज विकासका क्रममा यो शिलशिला निरन्तर रुपमा जारी छ । समाज विकासका निमित्त यो एउटा अनिवार्य नियम नै हो । वर्गसंघर्षको यो निरन्तरतालाई गहिरो अध्ययन अनुसन्धान विस्तृत विश्लेषणसहित यसको निष्कर्षका रुपमा माक्र्सवादले सही र वैज्ञानिक तरिकाबाट समाधान दियो । माक्र्सवादी विज्ञानलाई प्रयोग गरेर विश्वका कयौं देशका क्रान्तिकारी सर्वहारा वर्गले प्रयोग गरे र सही भएको कुरा देखाइदिए । माक्र्सवादी विज्ञानलाई विश्वका सर्वहारा वर्गले वर्गसंघर्षको माध्यमबाट सही सावित मात्र होइन, माक्र्सवादलाई थप विकास गर्दै लेनिनवाद र माओवादको तहमा विकास गरे । आज विश्वको सर्वहारा वर्गको मुक्तिको एकमात्र वैज्ञानिक हतियार भनेको माक्र्सवाद–लेनिनवाद–माओवाद हो । मालेमावादका आधारभूत सिद्धान्तलाई आत्मसात नगरिकन र त्यसलाई व्यवहारमा सृजनात्मक तवरबाट प्रयोग र विकास गर्ने हिम्मत नगरीकन सर्वहारा वर्गको मुक्ति सम्भव पनि छैन ।
हामीले केवल मालेमावादको वैचारिक हतियारको मात्र कुरा ग¥यौं भने त्यो केवल कोरा सिद्धान्त बन्न जान्छ । मालेमावाद भनेको प्रयोग र विकास हो । त्यसका निमित्त विचारसहितको एउटा नेता कार्यकर्ताको टिम चाहिन्छ । विचार, कार्यशैली र बुझाईमा एकरुपता भएको विश्वाससहितको पार्टीको आवश्यकता पर्दछ । माक्र्सदेखि माओसम्मले कम्युनिस्ट पार्टीको निर्माण र त्यसको परिचालनमा व्यापक जोड दिंदै आउनुभएको छ । मुख्यतः लेनिन, स्टालिन र माओले विश्व सर्वहारा वर्गको मुक्तिका निमित्त क्रान्तिलाई अगाडि बढाउन कम्युनिस्ट पार्टी निर्माणको ऐतिहासिक महत्वमाथि अत्यन्तै जोड दिंदै आउनुभयो । कम्युनिस्ट पार्टी मात्र होइन कम्युनिस्ट पार्टीले लिने विचार, सिद्धान्त र यसले गर्ने काम कार्यवाहीका विषयमा समेत सुन्दर तवरबाट व्याख्या, विश्लेषण र संश्लेषण गर्दै आउनुभएको छ । त्यसैले आजको विश्वमा सर्वहारा वर्गले आफ्नो वर्गमुक्तिको लडार्इं लड्नका खातिर माओले भनेझैं एउटा क्रान्तिकारी पार्टी निर्माण गर्न जरुरी छ ।
समाजवादको दबदबा रहेको आजको विश्वमा सर्वहारा वर्गले आफ्नो विचारलाई धारिलो बनाएर खार्नका निमित्त गहिरो अध्ययनका साथै विचारलाई वर्गसङ्घर्षको भट्टीमा प्रयोगको आवश्यकता छ । किनकि साम्राज्यवादले आफ्नो वर्गको हितका निमित्त कतिपय प्रविधिको विकास गर्नुका साथै उक्त प्रविधिको व्यापारद्वारा विश्वका उत्पीडित जनतालाई ठगेर भित्र्याएको कालोधनको बलमा निर्माण गरिएका आधुनिक हातहतियारको बलमा आन्दोलनलाई दबाउन होस् या आँखा र कान टट्टाउने गरी प्रचार गरिएका पुँजीवादी संस्कृति होस् या अन्य कुनैपनि विषयवस्तु होउन्, सबै विषयवस्तुले एकातिर माक्र्सवादको अर्धज्ञान भएका व्यक्तिहरुमा व्यापक भ्रम पार्ने गरेको छ । साम्राज्यवादी दमन, उत्पीडन र भ्रम त छँदैछ, अर्कोतिर कथित माक्र्सवादको खोल ओढेका संशोधनवादी गद्दारहरुको पलायनता तथा वर्गदुश्मनका अगाडि आत्मसमर्पणका गतिविधिले समेत सर्वहारा वर्गीय आन्दोलन वा क्रान्तिलाई काफी मात्रामा क्षति पु¥याउँदै आएका छन् । मालेमावादको उच्च वैज्ञानिक विचारलाई ध्वस्त बनाएर पुँजीवादी साम्राज्यवादी वर्गको सत्तालाई मजबुत बनाउन साम्राज्यवाद र संशोधनवादको कतै न कतै एकता र गठजोड छ ।
क्रान्ति पूरा गरेर निर्माण भएका सर्वहारा वर्गका समाजवादी, नयाँ जनवादी सत्ताको गला रेट्ने मात्र होइन, सर्वहारा वर्गले क्रान्तिको तयारी गर्दै गर्दा होस् या क्रान्ति घनिभूत रुपमा अगाडि बढाउँदै गर्दा होस्, साम्राज्यवाद र संशोधनवादले सर्वहारा वर्गको पार्टीलाई भित्र र बाहिर दुवैतिरबाट कमजोर बनाउने कार्यमा हर हमेशा लागिरहेकै छन् । सर्वहारा वर्गको पार्टीभित्र कमजोर ज्ञान चेतना भएका व्यक्तिहरुलाई काफी मात्रामा भ्रम दिएर पार्टीलाई टुटाउने, फुटाउने र कमजोर बनाएर दमन गर्न आधार तयार पार्ने गरेका कयौं दृष्टान्तहरु हाम्रा अगाडि ताजै छन् । सर्वहारा वर्गको क्रान्तिलाई अगाडि बढाउन सर्वहारा वर्गका सच्चा प्रतिनिधिहरुले अहिलेसम्मका अनुभवहरुलाई गहिराईका साथ बुझ्न र त्यसलाई तदारुकताका साथ व्यवहारमा लागु गर्न आवश्यक छ । पार्टीभित्रका गैरसर्वहारा वर्गीय चिन्तन प्रवृत्तिलाई समयमै चिनेर त्यसलाई परास्त गर्न आवश्यक छ । अन्यथा क्रान्ति असम्भव छ ।
विश्व सर्वहारा वर्गीय क्रान्तिको एउटा टुकुडीको रुपमा रहेको नेपालको सर्वहारा वर्गीय क्रान्ति पनि त्यसबाट अछुत रहन सकेन । सर्वहारा वर्गको अग्रदस्ता नेपाल कम्युनिस्ट पार्टीको स्थापनासँगै कम्युनिस्ट पार्टी भित्र यो वा त्यो नाममा पार्टीभित्र घुस्न पुगेका गद्दारहरुले क्रान्तिलाई तहसनहस बनाउँदै आएका छन् । मालेमावादले अंगिकार गरेको आधारभूत प्रश्नलाई बंग्याएर होस् या वैचारिक बहसका नाममा घोर सुधारवादी बखेडा झिकेको होस्, नेपालको सर्वहारा वर्गको पार्टीलाई कमजोर बनाउने काम गर्दै आएका छन् । केशरजंग रायमाझी, मनमोहन अधिकारी, तुलसीलाल अमात्य, मदन भण्डारी, माधवकुमार नेपाल, झलनाथ खनालदेखि खड्ग ओलीसम्म । मोहनविक्रम सिंह, बाबुराम भट्टराई, प्रचण्डदेखि बादलसम्मका हस्तीहरु यो वा त्यो नाममा सर्वहारा वर्गको क्रान्तिलाई छाडेर साम्राज्यवाद, सामन्तवाद, विस्तारवादका अगाडि घुँडा टेकेका व्यक्ति हुन् । कम्युनिस्टका नाममा सर्वहारा आन्दोलनमा सर्वहारा वर्गको पार्टीभित्र घुसेका अन्य कतिपय व्यक्तिहरु पनि नभएका होइनन् । तर माथि उल्लेखित व्यक्तिहरुले सर्वहारा वर्गको पार्टी तथा क्रान्तिलाई सबैभन्दा बढी क्षति पु¥याउने व्यक्तिहरु हुन् । यतिबेला सबैप्रकारका धोखाधडी र गद्दारीका विरुद्ध निर्ममतापूर्वक संघर्ष गरेर सर्वहारा वर्गको विचारको रक्षा गर्नु र क्रान्तिद्वारा त्यसको विकास गर्नु भनेको कम चुनौतिको विषय होइन ।
सर्वहारा वर्गको अग्रदस्ता एकमात्र क्रान्तिकारी पार्टी नेकपा (क्रान्तिकारी माओवादी)लाई चुस्त, दुरुस्त, एकताबद्ध र क्रान्ति गर्न योग्य पार्टी बनाउन पार्टीभित्र रहेका कयौं भ्रमहरुलाई चिर्न आवश्यक छ । पछिल्लो पटक बादल गुटले तहसनहस बनाउन खोजेको क्रान्तिकारी आन्दोलनको रक्षाको खातिर हामी सबै मिलेर संघर्ष ग¥यौं । एक हदसम्म त्यसलाई परास्त ग¥यौं र गर्दै आएका पनि छौं । अब हामीभित्र रहेका कयौं अपुगतालाई पूर्णता दिने र हाम्रा आफ्नै दिल दिमागमा रहेका गैर माओवादी चिन्तनका विरुद्ध आफूले आफैभित्रको संघर्ष आवश्यक छ । हामीभित्र रहेका खराबीका विरुद्ध के निर्ममतापूर्वक संघर्ष गर्ने साहस गर्न सक्छौं ? यो हामीमाथि खडा भएको चुनौतिपूर्ण प्रश्न हो । यो प्रश्नको जवाफ अब केवल मुखले मात्र दिएर पुग्दैन । त्यसको जवाफ हाम्रा सोचाईहरु, बुझाईहरु र जीवन व्यवहारबाट दिनुपर्छ र एउटा क्रान्तिकारी लडाकु र क्रान्ति गर्न लायक पार्टीको निर्माण गर्नुपर्दछ । परिवर्तनका पक्षधरहरुले हामीलाई यही विन्दुमा के गर्छन् भनेर हेरिरहेका छन् । क्रान्तिका लागि वस्तुगत आधारहरु परिपक्व बन्दै गएका छन् । हामीले तयार पार्ने भनेको आत्मगत अवस्था हो । यसका लागि हामी आफू बदलिन आवश्यक छ । सर्वहारा वर्गको मुक्तिको प्रश्नलाई केन्द्र बिन्दुमा राखेर हामी सबैले सोच्न आवश्यक छ ।
हामी क्रान्तिकारीहरुले हरेक विषयवस्तु केलाउँदा मनोगत तवरबाट कुनै भावनामा बगेर वा दक्षिणपन्थीको हावाहुरिको प्रभावमा परेर होइन वस्तुनिष्ठ तवरबाट विषयको विश्लेषण गर्नुपर्दछ । नेपालको उत्पादन प्रणाली गाउँघरमा सामन्तवादी चरित्रको टुक्रे उत्पादन प्रणाली छ भने वितरण प्रणाली पनि सोही चरित्रको छ । शहरमा दलाल पुँजीपति वर्गको बाहुल्यता छ, त्यसैले हामी त्यही समाजबाट आएका नेता कार्यकर्ताहरु कहीं न कहींबाट त्यसको प्रभाव बोकेका छौं । अझ हाम्रो समाज भनेको निम्न मध्यम वर्गीय समाजको बाहुल्यता रहेको समाज हो ।
त्यसैले हाम्रो पार्टीमा आवद्ध नेता या कार्यकर्ताको ठूलो हिस्सा १–निम्न मध्यम वर्गीय धरातलबाट आएका हौं । २– हाम्रो आर्थिक उत्पादन प्रणाली भनेको टुक्रे उत्पादन वा दलाल चरित्रको उत्पादन प्रणाली हो । ३–दक्षिणपन्थी संशोधनवादी प्रभाव काफी मात्रामा रहँदै आएको छ । ४–विश्वमा हावी रहेको साम्राज्यवाद, पुँजीवादको दबदबा रहँदै आएको छ । ५–विश्वस्तरमा सर्वहारा वर्गीय क्रान्ति कमजोर अवस्थामा रहेको छ । ६–नेपाली क्रान्ति मुख्यतः दश वर्षको जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा पार्टीभित्रको मुख्य नेतृत्वमा पलाएको दक्षिणपन्थी संशोधनवादी रुझानका कारण हारमा परिणत हुन पुगेको छ । पार्टीभित्रैबाट दक्षिणपन्थी संशोधनवाद र बाहिरबाट साम्राज्यवाद विस्तारवादका कारण क्रान्तिको विसर्जन, पार्टीभित्र टुटफुट विभाजनका कारण आम जनतामा मुख्यतः नेता कार्यकतामा देखिने निराशा नेपालको सर्वहारा वर्गीय आन्दोलनको एउटा डरलाग्दो रोग हो । यसले सर्वहारा वर्गीय क्रान्तिलाई असाध्यै हानी पु¥याउँछ । पुँजीवाद दमन र सर्वहारा वर्गको विद्रोह, क्रान्ति र प्रतिक्रान्ति, हार र जितका क्रममा सर्वहारा वर्गका अगाडि यसप्रकारका च्यालेन्जहरु आउँछन् । तर यसलाई चिर्ने एउटै मात्र उपाय भनेको वैचारिक परिपक्वता, बुझाईको एकरुपता र सर्वहारा वर्गको. मुक्तिको मार्गदर्शक सिद्धान्त मालेमावाद, वर्ग पक्षधरता, सर्वहारा वर्गको नेतृत्वप्रतिको विश्वास हुनु हो । साम्राज्यवाद तथा संशोधनवादी भ्रमबाट मुक्त भएर सोच्नु पनि हो । आजको सर्वहारा वर्गका सच्चा प्रतिनिधिहरुले यसको सामना गरेर अगाडि बढ्दै पर्छ ।
यसर्थ साम्राज्यवाद, विस्तारवाद र सबैप्रकारका संशोधनवादका सबैप्रकारका हर्कतहरुलाई रोक्न सर्वहारा वर्गीय अनुशासनबाट लैस एउटा लडाकु क्रान्ति गर्न योग्य क्रान्तिकारी पार्टी निर्माणको दिशामा अगाडि बढौं ! सर्वहारा वर्गको भविष्य उज्वल छ । क्रान्ति जिन्दावाद !