पुँजीवादी क्रान्तिका दुई पुराना मोडेलहरु स्थापित छन् । सामन्तवादको बिरुद्ध पँुजीपतिवर्गको नेतृत्वमा सम्पन्न गरिने पुँजीवादी क्रान्ति र पुँजीवादको बिरुद्ध सर्वहारावर्गको नेतृत्वमा विकसित पुँजीवादी मुलुकमा अल्पकालीन सशस्त्र विद्रोहद्वारा सुरुमै केन्द्रीयसत्ता कब्जागरी गरिने समाजवादी क्रान्ति । अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक चीनमा सर्वहारावर्गको नेतृत्वमा साम्राज्यवादद्वारा संरक्षित सामन्तवादको विरुद्ध दीर्घकालीन जनयुद्धद्वारा गाउँले शहर घेर्ने रणनीतिअन्तर्गत १९४९ मा नयाँ ढंगको पुँजीवादी क्रान्ति सम्पन्न गरियो । यसलाई नै नयाँ जनवादी क्रान्ति नामकरण गरियो । यो नयाँ जनवादी क्रान्तिको मुख्य नेता र योजनाकार हुनुहुन्थ्यो–कमरेड माओत्सेतुङ्ग । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने र त्यसलाई समाजवाद हँुदै वैज्ञानिक साम्यवादसम्म पु¥याएयर सम्पूर्ण मानव समुदायलाई नै सबै प्रकारका शोषण, दमन र उत्पीडनबाट मुक्त गर्ने कमरेड माओत्सेतुङ्गको महान यात्रामा पार्टीभित्र र बाहिरबाट ठूल्ठूला अवरोधहरु आइपरे । ती अवरोधहरुलाई पन्छउने क्रममा कमरेड माओत्सेतुङ्गले आफ्नै जीवनमा फेरि अर्को ठूलो क्रान्तिको नेतृत्व गर्नुप¥यो । त्यो क्रान्तिलाई नै महान् सर्वहारा साँस्कृतिक क्रान्ति भनिन्छ । महान सर्वहारा साँंस्कृतिक क्रान्ति १९६६ देखि १९७६ सम्म दशबर्ष जारि रह्यो ।
सामन्त, दलाल र नोकरशाही पँुजीपतिवर्गको बिरुद्ध संघर्ष गर्ने क्रममा नयाँ जनवादी क्रान्तिको पक्षमा आएका राष्ट्रिय पुँजीपतिवर्ग, पार्टीभित्रका तिनका एजेन्टहरु र तिनका विदेशी मालिकहरु चीनलाई नयाँ जनवादबाट समाजवादतिर संक्रमण गर्ने र समाजवादलाई मजबुत बनाउने क्रममा तगारो बनेर उभिए । नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दा पार्टीको नेतृत्वमा रहेर माओत्सेतुङ्गसंगै लडेका र त्यसपछि पार्टी र सरकारको नेतृत्वदायी अंगमा रहेका ल्यु शाओ ची र तेङ्ग स्याओ पिङ्गजस्ता माओत्सेतुङ्ग कै सहयोद्धा नेताहरु नयाँ जनवादबाट समाजवादमा संक्रमण गर्ने अभियानको बिरुद्ध उभिए । यसको वाबजुद १९५६ मा कमरेड माओत्सेतुङ्ग्को नेतृत्वमा चीन समाजवादमा प्रवेश ग¥यो ।
पुँजीवादी अर्थब्यबस्थाबाट समाजवादी अर्थब्यबस्थामा प्रवेश गरेपनि अधिरचनाका सबै क्षेत्रहरु जस्तै राजनैतिक, सांस्कृतिक र शैक्षिक क्षेत्रमा समाजवादीकरण गरिएन भने समाजवादको बिघटन अबस्वयंभावी नै हुन्छ । तसर्थ चीनमा समाजवादी अर्थब्यबस्था स्थापना भएपश्चात् त्यही अनुरुपको अधिरचनाको आवश्यकताबोध हुनु स्वभाविक थियो । त्यसकारण त्यहाँको पुरानो पुँजीवादी राजनैतिक, साँकृतिक र शैक्षिक प्रणालीलाई समाजवादीकरण गर्नु कमरेड माओत्सेतुङ्गको निम्ति पहिलो प्राथमिकताको बिषय बन्यो । तर परिस्थिति सहज थिएन । चीनका राष्ट्रिय पुँजीपति र पार्टीकै मै हु भन्ने घघडान नेताहरु त्यसको बिपक्षमा थिए । र, उनीहरुलाई विश्वप्रतिक्रियावादले त साथ दिइरहेकै थियो, त्यसमाथि तत्कालीन सोभियत संशोधनवादी दलका नाइकेहरु ख्रुश्चोभ र ब्रेझनेभहरुले खुल्लेआम सहयोग गरिरहेका थिए । यो अवस्थामा अधिरचनाका सबै क्षेत्रमा समाजवादीकरण गर्न सहज थिएन । तैपनि अघि बढ्नु नै थियो । त्यसैले यो असहजतालाई चिर्दै चीनमा पुँजीवादको पुनस्र्थापना रोक्न र सर्वहारावर्गको अधिनायकत्वलाई मजबुत पार्दै समाजवादलाई अघि बढाएर सुदृढ र समृद्ध चीन निर्माण गरी विश्व–साम्यवादको ढोका खोल्नका निम्ति कमरेड माओत्सेतुङ्गले महान सर्वहारा साँस्कृतिक क्रान्तिको घोषणा गर्नु भएको थियो ।
महान सर्वहारा साँस्कृतिक क्रान्तिमा करोडौ नेता, कार्यकर्ता र अरबौ चिनियाँ जनता मात्र होइन, सिंगो चीन जुरुक्क उठेको थियो । विचारधाराको क्षेत्रमा समाजवादमा पनि बुर्जुवावर्ग र सर्वहारावर्ग बीच चर्को संघर्ष चलिरहन्छ । त्यसकारण समाजवाद नै सर्वहारा या बुर्जुवा कसले जित्छ ? टुंगिसकेको अवस्था होइन, ‘निरन्तर क्रान्तिमा जोड देऊ’, ‘वर्ग संघर्षलाई कहिल्यै नबिर्स’ भन्ने माओवादी मान्यता छ ।
समाजवादमा निरन्तर क्रान्ति र वर्गसंघर्षको आवश्यकता छैन । समाजवादमा पनि निजी सम्पत्ति राख्न पाउनुपर्छ, ब्याज लिन पाउनुपर्छ, नोकर चाकर राख्न पाउनुपर्छ भन्ने मान्यता राख्ने पुँजीपति बर्गका छद्म एजेन्ट तथा चिनियाँ संशोधनवादका नाइकेहरु लिउ स्याओ ची र तेङ्ग स्याओ पिङ्गसहित उनीहरुका अन्धभक्तहरु कैयौलाई महान सर्वहारा सास्कृतिक क्रान्ति कै दौरानमा पार्टी र सरकारको सबै जिम्मेवारीबाट बर्खास्त गरियो । लिउ–तेङ्ग गुटले संरक्षण गरेर राखेका र समाजवादमा पनि शोषण गर्न पाईन्छ, नाफा कमाउन पाईन्छ भन्ने मानसिकता पालेका ठुल्ठुला पुँजीपतिहरु त सर्वहारा सांस्कृतिक क्रान्तिको तारो बने नै, साथमा पुराना खराब सस्कृति ,सस्कार र बानि ब्यबहार वाट मुक्त नहुने , बद्लिएको परिस्थितिअनुरुप आफूलाई बदलेर समाजवादीकरण गर्न नसक्ने तर पार्टी र सरकारको उच्च ओहदामा बसिरहने अरु कैयौ बडे बडे नेताहरु पनि सो क्रान्तिका निशाना बने ।
सरल ढंगले भन्नुपर्दा कमरेड माओत्सेतुङ्गले विश्व कम्युनिस्ट आन्दोलनमा दीर्घकालीन जनयुद्धको आवश्यकताबोध र त्यसको कार्यनीति र रणनीति निश्चित गर्नुभयो । उहाँले नयाँ जनवादी क्रान्ति र क्रान्तिभित्र निरन्तर क्रान्तिको सिद्धान्त प्रतिवादन गर्नुका साथै माक्र्सवादको तीनवटै संघटक अंगहरुको उच्चतम विकास गर्नुभयो । यसर्थमा सर्वहारावर्गको मुक्तिको खातिर कमरेड माओत्सेतुङ्गले माक्र्सवाद–लेनिनवादमा गर्नुभएको विकास र योगदानलाई नै विश्व कम्युनिस्ट आन्दोलनमा माओवाद या माओ विचारधारा भनियो । जुन व्यक्ति, समुह या संगठनले माओत्सेतुङ्गका बिचारहरु अर्थात् माओवादलाई आफ्नो पथप्रदर्शक सिद्दान्त मानेर अघि बढ्छ, त्यो व्यक्ति ,समुह र संगठन नै माओवादी हो ।
माओवादलाई पथप्रदर्शक सिद्दान्त मान्दै तत्कालीन नेकपा (माओवादी) को पहल र नेतृत्वमा भएको महान जनयुद्धको लोकप्रियता दोहन गर्दै हिजो–आज कैयौ व्यक्ति, समुह र संगठनहरु सडकमा माओवादी बनेर दौडिरहेका छन् । यथार्थमा तीमध्ये सबै माओवादी होइनन् । भित्र अध्याँरो कोठामा दलाल, तस्कर, भ्रस्टाचारी र कमिशनखोरसंग बसेर आम्दानीको भागबण्डा गर्ने तर बाहिर सडकमा निक्लेर आफूलाई माओवादी घोषणा गर्ने त्यो माओवादी होइन । दिनभरि सर्वहारा, सुकुम्बासी, किसान, मजदुरको श्रमको शोषण गर्ने तर बिहान बेलुकी माओवादी बनेर हिड्ने पनि माओवादी होइनन् । आचरण, बानी ब्यबहार, सस्कार, संस्कृति हिडाइ, बसाइ, लवाइ, खुवाइ, आचार, विचार सबै मध्ययुगीन बादशाहको जस्तो छ तर उसले आफूलाई माओवादी दावी गर्छ, त्यो माओवादी होइन । जस्ले हिजो मिलेरावाद मुर्दावाद भन्यो, उसैले आज मिलेरावाद नै आजको माक्र्सवाद हो भन्छ भने अब ऊ माओवादी रहेन । जसले दिनभर माओवादी क्रान्तिको कुरा गर्छ त्यसैले रातभर प्रतिक्रियावादी ब्यबस्थाअन्तर्गत कै सांसद, मन्त्री र प्रधानमन्त्रीको सपना देख्छ भने त्यो पनि माओवादी होइन । जसले बोलीमा जनवाद, समाजवाद र साम्यवाद स्थापनाको कुरा गर्छ तर ब्यबहारमा पुँजीवादलाई मजबुत पार्ने काम गर्छ, त्यो माओवादी होइन ।
जुन संगठनले व्यबहारमा वर्नस्टिनवाद, काउत्स्कीवाद, ख्रुश्चोभवाद र तेङ्गवाद लागू गर्छ तर दस्तावेजमा माओवाद लेख्छ, त्यो संगठन माओवादी संगठन होइन । जुन संगठन ब्रेझनेभ, गोर्वाचोभ र लिउ शाओ चीको बाटोमा हिड्छ तर त्यसले आफ्नो मार्गदर्शक सिद्धान्त माओवाद भन्छ, त्यो माओवादी संगठन होइन । जुन संगठन ब्यबहारमा संसदवादमा चुर्लुम्म डुबेको छ र ऊ कहिल्यै त्यहाँबाट निक्लने सम्भावना छैन तर त्यसले भाषण, प्रशिक्षणमा माओवादको कुरा गर्छ, त्यो संगठन माओवादी होइन ।