बर्दिया । नेकपा (क्रान्तिकारी माओवादी) थारुवान राज्यका इन्चार्ज तथा पार्टीका केन्द्रीय सचिवालय सदस्य हर्कबहादुर शाहीले भदौ ११ गते एक विज्ञप्ती जारी गर्दै पार्टी नीतिका विरुद्धमा गई सङ्गठनको जिम्मेवारी पूरा नगरेको भन्दै कार्यकर्ताहरु भीमसेन थारु, खगेन्द्र हमाल, बीरेन्द्र खड्का, यज्ञराज न्यौपाने (कैलाली)लाई पार्टी सदस्यसमेत नरहने गरी जिम्मेवारीबाट हटाइएको जनाएको छ । संजीव चौधरी (कञ्चनपुर) ले सेक्रेटरीको जिम्मेवारी बहन नगरेकाले उनलाई पनि सदस्यमात्र रहने गरी सेक्रेटरीको जिम्मेवारीबाट हटाइएको छ ।
पार्टीका पश्चिम कमाण्ड इन्चार्ज तथा पार्टीका केन्द्रीय प्रवक्ता हरिभक्त कँडेलको प्रमुख आतिथ्यता र केन्द्रीय सल्लाहकारहरुको उपस्थितिमा राज्य इन्चार्ज तथा संयोजक हर्कबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले लिएका निर्णयहरु सार्वजनिक जानकारीका लागि जारी गरिएको प्रेस विज्ञप्तीमा थारुवान राज्य समिति विस्तार गरेर २७ सदस्सीय बनाएको जनाएको छ । बैठकले जिल्लाका तल्लो इकाइसम्म सङ्गठन निर्माण र प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।
त्यसैगरी बैठकले राज्यमा विभिन्न जबस–मोर्चाका राज्य संयोजकहरु ताकेको जनाएको छ । बैठकले लिएको निर्णय अनुसार युवा संयोजकमा लोकबहादुर डाँगी (बाँके), थारु मोर्चा संयोजक रामजी थारु (दाङ), विध्यार्थी संयोजकमा उपेन्द्र शाही (बाँके), शिक्षकको संयोजकमा मदनसिंह अधिकारी (बाँके), दलितको संयोजकमा तिलक विक (दाङ), मजदुरको संयोजकमा नरेन्द्र बञ्जाडे (दाङ), किसान संयोजकमा ऋषिराम थारु (बाँके), सहिद बेपत्ता संयोजकमा कूलराज ज्ञवाली (कैलाली), जनजातीमा मुक्तबहादुर थापा (बाँके), जनसांस्कृतिक महासङ्घको संयोजकमा खगेश्वर भण्डारी (दाङ), मधेशी मोर्चा संयोजकमा दयाराम यादव (बाँके)लाई संयोजन गर्ने जिम्मा तोकेको छ ।
बैठकले माथिल्लो कर्णालीको ऊर्जा विकास सम्झौता (एम्ब्)लाई जि.एम.आर. कम्पनीकै योजना कार्यान्वयन गर्न सरकारद्वारा सेना परिचालनसमेत गरिएकोमा त्यसका विरुद्ध भदौ २४ गते दाङ, कोहलपुर र अत्तरियामा विरोध प्रदर्शन गर्ने, सुकुम्बासीका समस्याका बारेमा यहि भदौ १५ गते सबै जिल्लाले आ–आफ्नो सापेक्षतामा विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ ।