अर्घाखाँचीमा जीप भीरबाट खस्यो

अर्घाखाँचीमा जीप भीरबाट खस्यो

Arghakhanchi-Accident-9-death

अर्घाखाँची । अर्घाखाँचीको हंसपुरमा आइतबार अपरान्ह जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सन्धिखर्कबाट प्युठानको बादीकोट जाँदै गरेको ग १ ज ४८७८ नम्बरको जीप हंसपुर गाविसको रतनमारे नजिक पोषपाटामा दुर्घटना भएको हो । दुर्घटनामा ९ जनाको घटनास्थलमा र दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । घाइतेको सन्धिखर्कमा उपचार भइरहेको छ । सडकबाट झण्डै तीन सय मीटर भीरबाट यात्रुबाहक जीप खसेको हो । जीप दुर्घटनामा जीप धनीसहित ११ जनाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ ।
मृत्यु हुनेमा सात जना अर्घाखाँचीका र चार जना गुल्मीका रहेका छन् ।

शुक्रबार मात्रै  त्रिशुलीमा बस खस्दा २२जनाकाे मृत्यु हुनाका साथै झन्डै एक दर्जन हराइरहेका छन् । यसअघि साउन ३१ गते काभ्रेकाे विर्ता देउरालीमा बस पल्टिँदा २७ जनाकाे मृत्यु भएकाे थियाे । 

दुर्घटनामा ज्यान गुमाउनेहरु ः

अर्घाखाँची जीप दुर्घटनामा परी मृत्यु हुनेमा कमला पौडेल (३६ वर्षे) अर्घाखाँची धारपानी–६, रामबहादुर घर्ती हंसपुर – ५, मीनबहादुर केसी हंसपुर – ५, चेतबहादुर थापा हंसपुर – १, गाडी धनी नारायण राना किमडाँडाँ, सीता नेपाली सन्धिखर्क – २, हुमबहादुर घम हंसपुर– २ रहेका छन् ।

यस्तै, गुल्मी पुर्कोटदहका शिपबहादुर कुमाल, भेषबहादुर थापा र बुद्धिराम परियार तथा बांगेमरोठका शोभा सिंह रोकामगरको सोही दुर्घटनामा मृत्यु भएको छ ।