एजेन्सी । फ्रान्समा केही समय अघि भएको चरमपन्थी हमलापछि पेरिस आउने पर्यटकको संख्यामा घटेको छ ।
यो वर्षको जनवरीदेखि जुन महिनाको बीचमा गत वर्षको तुलनामा लाखौं पर्यटकको संख्या घटेको छ । फ्रान्समा हरेक वर्ष औसतमा डेढ करोडभन्दा बढी पर्यटक आउने गरेका छन् ।
फ्रान्समा पर्यटन उद्योगले जीडीपीमा ७ प्रतिशत भन्दा बढी योगदान गर्छ । तर, पर्यटकमा आएको भारी गिराटले करिब ७५० मिलियन युरो नोक्सान भएको जनाइएको छ ।
पेरिस र आसपासका क्षेत्रमा करिब ५ लाख मानिसहरु पर्यटन उद्योगसँग सम्बन्धित पेशामा सक्रिय छन् ।