इलाम । आयआर्जनका माध्यमबाट गरिबी निवारणमा सहयोग पु¥याउने उद्देश्यले लघुउद्यम विकास कार्यक्रम (मेडेप) बाट इलामका करिब २ सय जना उद्यमी तयार भएका छन् ।

उद्यमशीलता विकास तालिममार्फत ग्रामीण भेगका युवायुवतीलाई स्वरोजगार बनाउने लक्ष्यका साथ शान्तिपुर, जोगमाई, बाँझो र इरौँटार गाविसमा सञ्चालन गरिएको कार्यक्रमबाट २०० जना उद्यमी तयार गरिएको घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयले जनाएको छ ।

मल्टिपल ट्रेनिङ सेन्टर काठमाडौँले आर्थिक वर्ष २०७२/७३ मा ५०/५० जनाका दरले उद्यमी तयार गर्ने लक्ष्य लिएर गत माघ महिनादेखि नै जिल्लामा कार्यक्रम सञ्चालन गरेको थियो ।

लघुउद्यम विकास योजना बनाई सामाजिक रूपमा पछि परेका र न्यून आय भएका अतिविपन्न वर्गका युवा वर्गलाई केन्द्रित गरी फर्निचर, सिलाइकटाइ, ब्यूटिसियन, अदुवा खेती, हाउस वायरिङ, बुटिकजस्ता सीपमूलक तालिम सञ्चालन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर