काठमाडौं । ब्राजिलको रियो दि जेनेरियोमा भएको ३१ औं गृष्मकालीन ओलम्पिक भव्य रुपमा सम्पन्न भएको छ ।
एतिहासिक रियो दि जेनेरियो रंगशालामा आयोजित भव्य समारोहबीच औपचारिक समापन भएको हो ।
यसपटक ओलम्पिक खेलकुद समापनमा ल्याटिन अमेरिकी सभ्यता र संस्कृती झल्कने विभिन्न प्रस्तुती राखिएका थिए ।
ब्राजिलमा बढ्दो आर्थिक संकट, प्राणघातक जिका भाईरसको त्रास, विश्वभर नैं बढीरहेको ईस्लामिक विद्रोहको प्रभाव र समग्र सुरक्षा व्यवस्थामा यसले पारेको नकारात्मक असरका बिच रियो ओलम्पिक सम्पन्न भएको छ ।
राष्ट्रपति डिल्मा रुसेफ आन्तरिक राजनीतिक संकटमा फसेको समयमा पनि ब्राजिलले झण्डै ११ हजार खेलाडी, ८ हजार पदाधिकारी, ५ हजारभन्दा बढी खेल पत्रकार र लाखौं खेलप्रेमी दर्शकहरुलाई भित्र्याएर ओलम्पिकको सफल आयोजना गरेको छ ।
विश्व खेलकुदको महाकुम्भ मानिने ओलम्पिक दक्षिण अमेरिकी महादेशमा आयोजना गरिएको यो पहिलो अवसर हो ।
ओलम्पिक समापन अवसरमा ब्राजिलियन आयोजकहरुले अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीको रोहवरमा अर्को ओलम्पिक आयोजक राष्ट्र जापानलाई ओलम्पिक टर्च हस्तान्तरण गरेको छ ।
अब ३२ औं गृष्मकालीन ओलम्पिक एसियाली राष्ट्र जापानको रियो दि जेनेरियोमा हुनेछ ।