एजेन्सी– चीनमा निर्माण भएको संसारकै अग्लो र लामो सीसाको झोलुङगे पुल खुला गरिएको छ । यसले चलचित्र सुटिङ हुने चीनको हुनान प्रान्तको झाङजियाजीमा दुई वटा ठूला पहाडी क्षेत्रलाई जोड्छ ।
गत डिसेम्बरमा करिब ३.४ मिलियन डलरको लागतमा यो ४३० मिटर लामो र ३ सय मिटर अग्लो यो पुन निर्माण कार्य सम्पन्न भएको थियो ।
यो पुलमा पत्र भएको ९९ वटा सीसाका प्यानहरु जडान गरिएको छ । ६ मिटर फराकिलो यो पुलको डिजाइन इजरायली इन्जिनियर हेइम डोटनले गरेका हुन् ।
यो पुन निर्माण कार्य सम्पन्न भएसँगै उनले यसको वास्तुकला र निर्माणको रेकर्ड बनाएका छन् । चीनमा सीसाको पुल पछिल्लो समयमा चर्चा र क्रेजको रुपमा रहेको थियो । यसले आाम मानिसहरुलाई त्यहाँको भ्रमण र तस्बिर लिनका लागि नयाँ अवसर प्रदान गरेको छ ।
हुनान प्रान्तमा यो पुन खुला गरिएसँगै यसको सुरक्षालाई लिएर चासो व्यक्त भएको छ । अधिकारीहरुले भने यसमा सुरक्षाका विषयमा कुनै चिन्ता नगर्न आग्रह गरेका छन् । यो पुलमा दैनिक ८ हजार पर्यटकलाई मात्रै घुम्नका लागि अनुमति प्रदान गरिनेछ ।