लादेनको हत्यामा संलग्न अमेरिकी सैनिकलाई सरकारले गर्‍यो यस्तो कारबाही

लादेनको हत्यामा संलग्न अमेरिकी सैनिकलाई सरकारले गर्‍यो यस्तो कारबाही

osama_bin_ladenएजेन्सी । अलकायदा प्रमुख ओसामा बिन लादेनका विषयमा लेखिएको विवादित किताब पुनः चर्चामा आएको छ ।

लादेन मारिएको समयमा छापा मार्ने क्रममा सामेल एक अमेरिकी सैनिकले यो किताब लेखेका थिए । लादेनको मृत्युमा आफ्नो भूमीकाबारे म्याट बिसोनेटले २००२ मा ‘नो इजी डे’ नामक किताब लेखेका थिए ।

यो किताब संसारभरी अध्याधिक बिक्री भएको छ भने अझै पनि बिक्री भइरहेको छ । उनले यो किताब आफ्नो छद्म नाम मार्क ओभेन राखेर गरेका छन् । तर, उनले यो किताब लेख्दा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनको अनुमति लिएका थिएनन् ।

सोही कारण म्याटले किताब मार्फत कमाएको ७० हजार डलर रक्षा मन्त्रालयलाई बुझाउनुपर्नेछ । यससँगै उनले किताबबाट हुने मुनाफा र गोयल्टी समेत बुझाउनुपर्ने भएको हो । यसबापत उनलाई पेन्टागनले कुनै भौतिक कारबाही भने गर्ने छैन ।

अमेरिकी नौसेनामा आफ्नो सेवाका क्रममा उनले गोपनियताको सम्झौतामा हस्ताक्षर गरेका थिए । अमेरिकाको सैनिक नियमअनुसार कुनैपनि सैनिक अभियानमा सहभागी भएका सैनिक या कर्मचारीले सरकारको स्वीकृति बेगर अभियानसँग जोडिएको कुनैपनि सूचना सार्वजनिक गर्न पाइदैन ।

पाकिस्तानको एबटाबादमा सन् २०११ को मे २ मा ओसामा बिन लादेन लुकेर बसेको क्षेत्रमा अमेरिकी सेनाले कारबाही गरेको थियो । सो क्रममा लादेन मारिएका थिए । त्यसको केह िघन्टापछि अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक टेलिभिजन सम्बोधनमार्फत लादेन मारिएको घोषणा गरेका थिए ।