काठमाडौं । सर्च इन्जिन गुगलले एन्ड्रोइड र आईओएसका प्रयोगकर्ताका लागि आफ्नो भिडियो कलिङ एप ‘गुगल डुओ’ सुरु गरेको छ ।
बजारमा यसको प्रतिस्पर्धा एपलको फेसटाईम र माइक्रोसफ्टको स्काइपसँग हुनेछ । यस भिडियो कलिङ एपको घोषणा गुगलले तीन महिनाअघि नै गरेको थियो ।
यो एप ल्याउनुका पछि भिडियो कलिङको समस्या समाधान गर्नु रहेको जनाएको छ । गुगल समूहका उत्पादन प्रबन्धक अमित फुले भिडियो कलिङ टाढा रहेको आफन्तलाई नजिक ल्याउन उपयोगी साधन भएको बताएका छन् ।
नेपालजस्ता इन्टरनेटको समस्या भइरहने देशका लागि समेत ध्यान दिएर यो एप निर्माण गरेको कम्पनीको दाबी छ । गुगल डुओ १६ अगष्टबाट सुरु गरिएको हो ।
अबका केही दिनमा यो पूर्ण रुपमा उपलब्ध हुने बताइएको छ । व्यक्तिगत र सुरक्षाका हिसाबले पनि यो महत्वपूर्ण रहेको बताइएको छ ।