Gaurika_Singhकाठमाडौं । रियो ओलम्पिक २०१६ की सबै भन्दा कान्छी खेलाडी नेपालकी गौरिका सिंह ओलम्पिक पौडी अन्तर्गत एक सय मिटर ब्याकस्ट्रोकको प्रारम्भिक चरणबाटै बाहिरिएकी छन् ।

आइतबार राति भएको प्रारम्भिक चरण ‘हिट’ मा उनी ३४ जना प्रतिस्पर्धीमा ३१ औं स्थानमा रहिन् । उनले एक सय मिटरको दूरी एक मिनेट ८ दशमलव ४५ सेकेण्डमा पूरा गरिन् ।

३४ खेलाडी रहेको स्पर्धामा गौरिका सामोआकी एभेलेनी अफोआ र कोशोभोकी रिटा जेकिरीसँगै ‘हिट १’ मा प्रतिस्पर्धा गर्ने थिइन् ।

आफू रहेको समूह ‘हिट १’ मा भने गौरिक पहिलो भइन् । सामोआकी अफोआले एक मिनेट ८ दशमलव ७४ तथा कोशोभोकी जेकिरीले एक मिनेट १२ दशमलव ३१ सेकेण्डमा दूरी पूरा गरिन् ।Gaurika

गौरिकाले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्ने लक्ष्य राखेकी थिइन् । गौरिकाले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद सागमा राष्ट्रिय कीर्तिमान बनाउँदै एक रजत र तीन कास्य पदक जितेकी थिइन् ।

त्यसअघि दक्षिण एसियाली खेलकुदको व्यक्तिगत स्पर्धामा नेपाली खेलाडीले पदक जित्न सकेका थिएनन् । उनले यो स्पर्धामा एक मिनेट ७ दशमलव ३१ सेकेण्डको राष्ट्रिय कीर्तिमान बनाएर कास्य जितेकी हुन् ।

उनले ओलम्पिकमा एक सय मिटरको दूरी एक मिनेट ६ सेकेण्ड भित्र पूरा गर्ने लक्ष्य रहेको बताएकी थिइन् । तर त्यो भन्दा दुई दशमलव ४५ सेकेण्ड बढी लाग्यो । व्यक्तिगत नौ र टिम स्पर्धामा तीन गरी १२ स्पर्धामा राष्ट्रिय कीर्तिमान उनको नाममा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर