कपिलवस्तु । नेकपा माओवादी केन्द्र संसदीय भासमा पतन भएको र उसको नेतृत्वमा नेपालमा श्रमजीवि शोषितको हितमा कुनै पनि क्रान्ति नहुने भन्दै माओवादी केन्द्रका दुई दर्जन कार्यकर्ताहरु बुद्धबाटिकामा भएको एक कार्यक्रममा माओवादी पार्टी परित्याग गर्दै उनीहरु नेकपा (क्रान्तिकारी माओवादीमा प्रवेश गरेका हुन् ।
प्रचण्ड नेतृत्वको माओवादी केन्द्र परित्याग गरेर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा प्रवेश गर्नेहरुमा उमाकान्त न्यौपाने, नैनकला न्यौपाने, पदम गन्दर्भ, पवित्रा थापा, बल बहादुर थापा, चन्द्र ब. पल्ली, मधु कुँवर, शिवलाल कुँवर, राम बहादुर श्रीष, गिरी प्रसाद श्रिष, देविलाल न्यौपाने, लक्ष्मी पौडेल, बसन्ती बोहोरा, हिरा देवी थापा, धनकुमारी ठकुरी, गणेश गुरुङ, नन्दलाल भुषाल, शिव ब. खड्का र सुन्तली परियार रहेको उक्त पार्टीका कपिलवस्तु सचिव समिर केसीले जानकारी
दिए ।