नवलपरासीको रजहरमा आज दिउँसो बिपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई जोगाउन खोज्दा बस दुर्घटना भएको छ । दुर्घटनामा बसमा सवार १७ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय रजहरका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत इलाका प्रहरी कार्यालय अगाडि लु१ख ८७६२ नम्बरको बस दुर्घटना भएको हो । सबै घाइतको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ प्रहरीले जनाएको छ ।