काठमाडौँ । सरकारले रसुवागढी भन्सार नाकाबाट चालु आर्थिक बर्ष २०७२–७३ का लागि दिइएको संशोधित राजस्व लक्ष्य पहिरोका कारण विफल हुने देखिएको छ । सरकाले यस भन्सार नाकाबाट संशोधित राजस्व लक्ष्य २ अर्ब ४० करोड संकलन गर्ने लक्ष्य राखेको भएपनि आर्थिक वर्ष सकिन लाग्दा यस नाकाबाट १ अर्ब ८६ करोड मात्र संकलन गरेको भन्सार कार्यालय रसुवाले जनाएको छ । समयमै भन्सार रकम नउठनुमा पहिरो तगारो बनेको देखिएको छ । भूकम्पबँट क्षति पुगेको सडक मर्मत गर्न तथा बाटो अवरुद्ध हुँदा कन्टेनर आवतजावत गर्न नसकनुका कारणले पनि यस वर्षको राजस्वमा कमि आएको जनाईएको छ ।
नेपालतर्फको पहिरो र चीनतर्फ जाने बाटो भूकम्पबँट क्षति पुगेको र सो सडकको मर्मत समयमै नहुदा राजस्वमा कमी आएको होे । यस नाकाबाट दैनिक ६० भन्दा बढी कन्टेनर चीन जाने गरेकामा अहिले दैनिक २० देखि २५ वटामा मात्र जाने गरेको भन्सार कार्यालयले जनाएको छ । यस नाका हुदै नेपाल तर्फ दैनिक लत्ताकपडा, कम्प्युटर, विद्युतीय सामग्री, लगायतका आयात तथा इट्टा, जडीबुटी लगायतका सामग्री निर्यात हुदै आईरहेको थियो ।