शैक्षिक विचौलियाविरुद्ध अखिल क्रान्तिकारी

शैक्षिक विचौलियाविरुद्ध अखिल क्रान्तिकारी

चितवन । विध्यार्थीका नाममा राजनीति गर्ने विध्यार्थी संगठनदेखि शैक्षिक विचौलियासम्मले विभिन्न नाममा विध्यार्थी ठगिरहेको भन्दै त्यस्तो शैक्षिक विकृति विसंगति विरुद्ध कडा रुपमा प्रस्तुत हुने क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारी चितवनले जनाएको छ । संगठनका चितवन जिल्ला संयोजक अमृत चपाईले मंगलबार एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएका हुन् । विज्ञप्तीमा चपाईले विध्यार्थी ठग्ने यस्तो कार्यलाई तत्काल नरोके त्यसको प्रतिरोधमा उत्रने चेतावानी दिएका छन् ।
“राज्यले प्राविधिक शिक्षा आफ्नो स्वामित्वमा चलाउनु पर्नेमा आफै लुटमा संलग्न छ” चपाईले जारी गरेको विज्ञप्तीमा भनिएको छ, “यस्तो विकृति विसंगती रोक्न सम्बन्धित सबैलाई सचेत गराउँछौं ।”