थबाङ एकताको प्रतिक

थबाङ एकताको प्रतिक

‘आबुई ! पञ्चायतकालको त्यो जगजगी’ स्थानीयले जीउमा जिरिङ्ग कांढा उमार्ने गरी स्मरण गर्ने र  गराउने गर्दछन् आफ्ना सङ्घर्षका ती दिनहरु । कसले सोचेको होस् पञ्चायती निर्वाचन बहिस्कार हुन्छ भनेर । तर भयो त्यस्तै । २०३८ सालको कुरा हो । बालाराम घर्तीमगर र रेगबहादुर सुवेदी माननीयज्युहरु गाउंगाउं पुगे, घोडामा चढेर । खुब डुले । कहिले तल, कहिले माथि । कहिले वर कहिले पर । सबैलाई एउटै चिन्ता थियो– थबाङले क गर्छ ?
नभन्दै २०३८ सालको बैशाख महिनामा राष्ट्रिय पञ्चायतको चुनाव भयो । सत्ताधारी पञ्चहरु देशभर आफ्नो पक्षका उम्मेदवार जिताउन अनेक हरकत गर्दै हिंडे । तिनका प्रतिस्पर्धीहरु पञ्चहरु पनि त्यसै गरी हिंडे । उनीहरुले भन्ने गरेका चुनावी माहौल र त्यसको प्रभावको घुनपुत्लाले छोएन थबाङलाई ।

Thabang
चुनाव भयो । स्थानीयहरु भन्छन्– ‘ढ्वाङ थापे । दिनभरि पुलिस चौरमा झिंगाा धपाउंदै बसे । सेनाहरु वरपरका जङ्गलमा एम्बुस बसे । सांझको ४ बज्यो । थबाङबाट खाली ढ्वाङ (मतपेटिका) सदरमुकाम लिबाङ पुर्याए ।’
त्यसैगरी यस अघिको पहेंलो पञ्चायत र नीलो बहुदलको बीचमा २०३७ सालको जेठ महिनामा जनमत सङ्ग्रह भयो । जनमत सङ्ग्रह अन्तर्राष्ट्रिय चासो बनेको थियो । त्यसमा थबाङी जनताले सबै मत नीलो वा बहुदलको पक्षमा दिए । एउटा पनि पहेंलोमा परेन ।

कम्युनिष्ट गाउं । युद्धमा सबै माओवादी भए । तर छोटो समयमा नै प्रचण्डले जनतालाई धोखा दिए । विचार छाडे । जनता छाडे । कम्युनिष्टको बाटो नै छाडे । तथापि पहिलो जनमत सङग्रहमा जनताले माओवादीलाई ‘एक पटक हेरौं’ भनेर भोट दिए । तर दुर्भाग्य ! पहिलो संविधानसभा बिघटन गरियो । त्यो पनि माओवादीबाटै । जनताको सपना तुहाइयो ।
दोस्रो संविभानसभाको निर्वाचन अघि बढाइयोे । सपना नबिर्सिएका देशभरका जनताले आफूसक्दो बहिस्कार कार्यक्रमलाई सफल पार्न प्रयत्न गरे । थबाङले मत शुन्य बनाइदियो । यसले थबाङलाई फेरि चर्चाको शिखरमा पुर्यायो । थबाङबासीले आफ्नो सामूहिकता फेरि पनि प्रदर्शन गरे । एकताको विचार र भावनालाई निरन्तरता दिए । शून्य मतदान अभियान सफल पारे ।
(थवाङ सदरमुकाम लिबाङदेखि २६ कोष टाढा जलजलाको उत्तरतिरको कांखमा अवस्थित छ)