कथित बुद्धिजीवीहरुको कोकोहोलो

कथित बुद्धिजीवीहरुको कोकोहोलो

विश्व मानचित्रमा जतिबेलादेखि मानव जातिको उत्पति भयो, त्यसबेलादेखि नै विविध तहका संघर्षका बीचबाट मानिसहरुको चेतनामा पनि विकास हुँदै आयो । पशुभन्दा मानिसको चेतना फरक त रह्यो तर ती मानिसमा विकास भएको चिन्तन वा विचार केहीमा सकारात्मक केहीमा नकारात्मक तवरबाट रहँदै आयो । नकारात्मक सोच राख्ने मानिसहरुले आफ्नै समाजभित्रका आफूजस्तै मानिसहरुलाई शोषण, दमन र उत्पीडनका विविध खाले हथकण्डा अपनाउँदै आए । यही विन्दुबाट मानव समाज दुईवटा वर्गमा विभाजित हुन पुग्यो । मानव उत्पतिदेखि यहाँसम्म आइपुग्दा मानव समाजमा वर्गीय, लिंगीय, जातीय, क्षेत्रीय, धार्मिक, भाषिक लगायत उत्पीडनका विविध प्रकारका रुपहरु देखा पर्दै आइरहेका छन् । यी सबै प्रकारका उत्पीडनको मूल आधार भनेको वर्गीय विभेद नै हो । वर्गीय उत्पीडनका विरुद्ध सुरुदेखि नै विविध प्रकारका संघर्षहरु÷क्रान्तिहरु हुँदै आएता पनि यतिवेलाको विश्वमा वर्गीय उत्पीडनको सही समाधान भनेको माक्र्सवाद–लेनिनवाद–माओवादको वैचारिक जगमा उभिएर गरिने भीषण वर्गसंघर्षद्वारा गरिने राज्यसत्ताको परिवर्तन नै हो । त्यो लक्ष्य हासिल गर्न सर्वहारावर्गले योजनाबद्ध तवरबाट क्रान्तिको सुरुवात गर्नु र त्यसलाई पूरा गर्नु हो । माक्र्सवाद–लेनिनवाद–माओवादले विकास गरेका वैज्ञानिक आधारहरु अव विचारमा मात्र होइइन, त्यो त वर्गसंघर्षको भट्टीमा खारिदै र आफूलाई विकसित तुल्याउँदै व्यवहारतः पुष्टि गर्दै आएको विषयवस्तु हो । जुन विषय सत्य र तथ्यमा आधारित छ ।

पशुको भन्दा मानिसको चेतना विकसित भएका कारण मानिसले स्वभाविक रुपमा समाजमा भएका सकारात्मक तथा नकारात्मक विषयवस्तुलाई नियालेर हेर्छ, त्यसलाई बदल्नका खातिर संघर्ष गर्छ । यो त सामान्य नियम नै हो । यही नियम मुताविक दास युग जस्तो अत्यन्तै वर्वरतापूर्ण युगमा दासदासीहरुले गरेको विद्रोह सामन्तवादी युगमा किसानहरुले गरेको विद्रोह र पुँजीवादी युगमा सर्वहारा मजदुर वर्गले गरेको विद्रोह वास्तवमा सामान्य थिएनन् । तिनै विद्रोहहरुले नयाँ नयाँ विषयवस्तु प्रतिपादन गर्न कैयौं विद्वानहरुलाई सजिलो बनाइदियो । कैयौं वैज्ञानिकहरुले नयाँ नयाँ विचारहरु प्रतिपादन पनि गरे । संघर्षको यही परिफेरिबाट माक्र्स, एंगेल्सजस्ता महान वैज्ञानिकहरुले माक्र्सवादजस्तो गहन वैज्ञानिक विचार प्रतिपादन गरेर सन् १८४८ मा कम्युनिष्ट घोषणा पत्र जारी गर्नुभयो । सन् १८४८–१९४९ सम्मको १०१ वर्षको अवधिमा विश्वका सर्वहारावर्गले माक्र्सवादको वैचारिक जगमा टेकेर गरेको सशस्त्र विद्रोहले वास्तवमा एक प्रकारको उथलपुथल ल्याइदियो । हातहतियारको वलमा टिकेको पुँजीवादी वर्गको राज्यसत्तालाई हतियारवद्ध विद्रहोहरुले समाप्त बनाए र त्यसका ठाउँमा सर्वहारावर्गीय सत्ता सान्दाररुपमा स्थापना गरेर देखाइदिए । जुन देशहरुमा सर्वहारावर्गले सत्ता आफ्नो हातमा लिए ती देशहरुमा वनेको संविधान, ऐन, कानुन, नियम नत सर्वहारा उत्पीडित वर्गका विरुद्ध बने न त समाजमा वर्गीय, लिंगीय, जातीय, क्षेत्रीय, धार्मिक वा भाषिक कुनै पनि प्रकारका विभेदकारी सम्बन्धले कतै स्थान पायो । मानव समाजका निमित्त वास्तवमा नै एउटा उत्कृष्ट सामाजिक समाज बन्न पुगेको थियो ।

दिनेश शर्मा
दिनेश शर्मा

माक्र्सवादको उदय भएको सन् १९४८–२०१६ सम्मको अवधि भनेको १६८ वर्षको अवधि हो । पुँजीवादी विचार उदय भएको तुलनामा १६८ वर्ष केही होइन । यसको अवधि छोटो नै हो । छोटै अवधिमा पनि भीषण वर्गसंघर्षले सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुृका साथै माक्र्सवादलाई आज विकसित तुल्याउँदै लेनिनवाद र माओवादका रुपमा आफूलाई स्थापित गरेको छ ।

माक्र्सवाद–लेनिनवाद–माओवाद जस्तो वैज्ञानिक सिद्धान्तलाई आजको दुनियाँका सर्वहारावर्गका सच्चा प्रतिनिधिहरुले अझै विकास गर्न आवश्यक छ । सन् १९७६ मा माओको मृत्युपश्चात जसरी सर्वहारावर्गको आन्दोलनभित्र घुसेका दक्षिणपन्थी संशोधनवादीहरुले मालेमावादको सिद्धान्त संशोधन गरेर भुत्ते बनाउनेदेखि सर्वहारावर्गको राज्यसत्तालाई क्रमशः बदलेर नजानिदो तवरबाट पुँजीवादमा पतन गराउन सफल भए । दक्षिणपन्थी संशोधनवाद होस् या छद्म अवसरवाद होस्, तिनीहरुको भ्रमका कारण विश्वस्तरमा सर्वहारावर्गीय आन्दोलन कमजोर जस्तो देखिन पुगेको छ । 

 

विभिन्न प्रकारका अवसरवादको भ्रममा परेर भ्रमित हुने होइन बरु सर्वहारावर्गको मुक्तिका खातिर आफ्नो लक्ष्यमा अगाडि बढ्नु आजको आवश्यकता हो ।

यतिवेला सर्वहारावर्गले बुझ्नै पर्ने विषय यहींनेर छ । किनकी, एकातिर अवको सर्वहारावर्गीय अभिभारा पूरा गर्न मालेमावादको विकास गर्न आवश्यक छ भने अर्कोतिर कम्युनिष्टका नाममा केहीले आफ्नो मार्गदर्शक सिद्धान्त माक्र्सवाद हो भनेर कतिपयले मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद त कतिपयले मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद–माओवाद हो भनेर सर्वहारावर्गलाई भ्रमित पारिरहेका छन्, ठगिरहेका छन् र सर्वहारावर्गको क्रान्तिको गला नजानिदो तवरबाट रेटीरहेका छन् । त्यतिमात्र होइन, कतिपय सिर्जनात्मकताका नाममा माक्र्सवादका आधारभूत विषयवस्तुलाई पुरानो बताएर होस् वा जनताको कुरा गरेर होस्, जसरी हुन्छ, मालेमालाई कमजोर बनाउन लागिरेहका छन् । विश्व सर्वहारावर्गको एउटा इकाइमा रहेको नेपाल र नेपाली सर्वहारावर्गको क्रान्ति त्यसबाट अछुतो रहने प्रश्नै भएन । उत्कर्षमा पुगेको क्रान्तिको गला रेटेर समाप्त बनाएको अवस्थामा एकातिर निराशा, अविश्वास त कायम छँदै छ । यो अवस्थामा सच्चा सर्वहारावर्गले धैर्यतापूर्वक सबै खाले अवसरवादको जमेर भण्डाफोर गर्दै नेपाली क्रान्तिको खाका कोर्नु आवश्यक छ ।

सर्वहारावर्ग भ्रमित बनिरहेको अवस्थामा कतिपयले सिर्जनात्मकताको नाममा मालेमाको विरोध मालेमावादकै विरोध गरिरहका छन् भने कतिपयले घुमाउरो तवरबाट सर्वहारावर्गीय क्रान्तिको विरोधमा आफूलाई उभ्याएका छन् । आफूलाई अब्बल दर्जाको ठान्ने कतिपय उपबुज्रुक विद्वानहरु समेत सर्वहारावर्गीय आन्दोलनमा भ्रम पैदा गर्दै मिहीन तवरबाट संशोधनको आहालमा डुब्दै गरेका अवसरवादका विरुद्ध जमेर वैचारिक, राजनीतिक संघर्षका बीचबाट आफूलाई क्रान्तिकारी सावित गर्नुको सट्टा वैचारिक बहसबाट भागेर सडकमा गएर कोलाहल मच्चाउछन् र भन्छन्– ‘मलाई पहिल्यै थाहा थियो ।’ यतिवेलाको वैचारिक संघर्ष कसका विरुद्ध केन्द्रित गर्ने कुराको छेउ टुप्पो थाहा नपाउने कथित बुद्धिजीविहरुको कोकोहोलो सुनेर सर्वहारावर्ग हाँसिरहेका छन् ।

सर्वहारावर्ग मानव समाजको सबैभन्दा इमान्दार तप्का हो । समाजमा देखिने गरी युगौदेखि आफ्नो वर्गमाथि हुँदै आएको शोषण, दमन र उत्पीडनप्रति सर्वहारावर्ग स्पष्ट छ । तर माक्र्सवादको खोल ओडेर पार्टीभित्र घुसेका छद्म प्रकारको अवसरवाद समयमा ठम्याउन नसक्नु कसैको पाप होइन । बरु थाहा पाएर पनि समयमा संघर्ष नगर्नु वा संघर्ष गर्नबाट भागेर ठूलो ठूलो स्वरले कराउनु, चौतर्फी मुक्का बजार्दै हिड्नु झनै क्रान्तिकारी होइन । वर्ग दुश्मनका विरुद्ध भौतिक रुपमा जमेर लड्नु मात्र होइन, पार्टीभित्र र बाहिरका सबैखाले अवसरवादका विरुद्धको सैद्धान्तिक संघर्षमा जमेर धैर्यतार्पूक लड्नु सबै प्रकारका अवसरवादलाई परास्त गरेर क्रान्तिकारी पंक्तिलाई एकताबद्ध तुल्याउनु क्रान्तिकारीहरुको वास्तविक पहिचान हो ।

माक्र्सदेखि माओसम्मका महान गुरुहरुले सबैखाले अवसरवादका विरुद्ध जमेर धैर्यतापूर्वक सैद्धान्तिक संघर्ष गरेर क्रान्तिकारी पंक्तिलाई एकताबद्ध पारेका थिएनन् भने यति बेला न त वर्गसंघर्षबाट खारिएको मालेमावादको मार्गदर्शक सिद्धान्त हुने थियो न त सर्वहारावर्गले सत्ता प्राप्त गर्न नै सक्थे । अपरिपक्वता, अधैर्यता सर्वहारा क्रान्तिको साधक होइन, बरु घातक नै हो । हाम्रो जस्तो निम्न मध्यम वर्गीय समाजबाट आएका सर्वहारावर्गीय नेता हुन् वा कार्यकर्ता प्रायमा अधैर्यता हुन्छ नै । त्यसैले सच्चा सर्वहारावर्गका प्रतिनिधिले सर्वहारावर्गीय विचारलाई हावी बनाइराख्न सबैभन्दा पहिले आफूसँग भएको गलत चिन्तन र प्रवृत्तिका विरुद्ध लड्ने साहस गर्न आवश्यक छ । निम्न मध्यमवर्गीय अधैर्यताले अर्ध अथवा छिपछिपे ज्ञानलाई पूर्ण ठान्ने, दम्भ, घमण्ड, असहिष्णुता विषयहरु प्रदर्शन गर्ने । आफूले आफैलाई अब्बल दर्जाको व्यक्तिका रुपमा घोषणा गर्दै हिड्ने जस्ता विषयवस्तुले सर्वहारावर्गीय क्रान्तिलाई अगाडि बढाउन बाधा पारिरहेको छ भन्ने कुरा पनि भुल्न हुँदैन ।

नेपालको कम्युनिष्ट आन्दोलन २००६–२०७३ सम्मको ६७ वर्षको इतिहासलाई नियालेर हेर्ने हो भने सुरुदेखि नै एउटा तप्काबारे दक्षिणपन्थी बाटोमा अग्रसर बन्दै आयो भने अर्को क्रान्तिकारी तप्काले सुरुदेखि नै मालेमावादको मार्गदर्शक सिद्धान्तका आधारमा सर्वहारावर्गीय क्रान्तिलाई कुनै न कुनै तवरबाट अगाडि बढाउँदै आएको छ । २०२८ सालको झापा आन्दोलन होस् या लम्जुङको पूर्तिघाटमा भएको बैंक कब्जा होस् । दुवै आन्दोलनहरु आफैमा क्रान्तिकारी स्प्रिटमा आधारित थिए । तर त्यसको नेतृत्वकर्ताको अदूरदर्शिता, अधैर्यता र समग्र योजनाको अभावका कारण संघर्षले निरन्तरता पाउने त परै जाओस्, भएका उपलब्धि सबै गुमाएर अन्ततः त्यसको नेतृत्वकर्ताहरु स्वयम् आन्दोलनबाट पलायन हुनु भनेको लज्जाको विषय नै हो । निम्न मध्यमवर्गीय अधैर्यताले त्यहाँ काम गरेको देखिन्छ । एक दुईवटा कार्यवाही वा घटना घटाउने वित्तिकै प्रतिक्रियावादी वर्गले राज्यसत्ता छाडिहाल्छ भन्ने अपरिपक्वता मानसिकता त्यहाँ देखा पर्दछ । समाजको प्रतिविम्बका रुपमा त्यस प्रकारका सोंचहरु आज पनि देखा परिरहेकै छन् ।

सर्वहारावर्गीय क्रान्तिलाई अगाडि बढाउन बाधकका रुपमा देखा परेको प्रवृत्ति भनेको दक्षिणपन्थी संशोधनवाद नै हो । विभिन्न रुप र रंगमा देखा पर्दै आएका दक्षिणपन्थी संशोधनवाद, नवसंशोधनवाद वा मध्यपन्थी अवसरवाद जस्ता सबै प्रकारका प्रवृत्तिका विरुद्ध संघर्ष गर्दै नेपाली क्रान्ति आफैमा सशक्त बन्दै भएको अवस्था हो । पछिल्लो चरणमा नवसंशोधनवादी वादल प्रवृत्ति अत्यन्तै घातक रुपमा देखाप¥यो । यद्यपि क्रान्तिकारीहरुको तत्परताले आज त्यो प्रवृत्ति पनि परास्त भएको छ । यसको मतलव के होइन भने अवसरवादी प्रवृत्ति, संशोधनवादी, नवसंशोधनवादी प्रवृत्तिहरु सदाका समाप्त भए । यतिवेला जनताको बहुदलीय जनवाद वा समाजवादी क्रान्तिका नाममा जनतालाई भ्रम दिने व्यापक मात्रामा कोशिस गरिरहेका छन् । अझै कोशिस गर्दै जाने छन् । यसर्थ सर्वहारावर्गले यसको निरन्तर भण्डाफोर गर्दै नेपाली क्रान्तिलाई पूर्णता दिन अथवा नयाँ जनवादी क्रान्ति पूरा गर्न मालेमावादको विकास गर्न आवश्यक छ ।

भरखरै सम्पन्न नेकपा (क्रान्तिकारी माओवादी) को राष्ट्रिय भेलाले एउटा बाटो खोलेको छ । फाल्गुनमा हुने पार्टीको राष्ट्रिय सम्मेलनसम्म पुग्दा सबै तहका नेता, कार्यकर्ताहरुले अबको क्रान्तिलाई सम्पन्न गर्न कार्यदिशालाई समृद्ध बनाउन अध्ययन, अनुसन्धान र संघर्षलाई व्यवस्थित बनाउन आवश्यक छ । विभिन्न प्रकारका अवसरवादको भ्रममा परेर भ्रमित हुने होइन बरु सर्वहारावर्गको मुक्तिका खातिर आफ्नो लक्ष्यमा अगाडि बढ्नु आजको आवश्यकता हो । यसैमा अगाडि बढौं ! यही नै हामी सबै क्रान्तिकारीहरुको कर्तव्य हो ।

(शर्मा क्रान्तिकारी माओवादीका केन्द्रीय नेता हुन्)