काठमाडौं । भूकम्पपीडितलाई घर निर्माणका लागि दुई प्रतिशतसम्मको ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने र त्यस्ता बैंक तथा वित्तीय संस्थालाई शून्य प्रतिशत ब्याजदरमा पुनःकर्जा प्रदान गर्ने व्यवस्थालाई निरन्तरता दिइएको छ ।
राष्ट्र बैंकले विहीबार जारी गरेको मौद्रिक नीतिमा वित्तीय संस्थाले भूकम्पपीडितलाई घर निर्माणका लागि दुई प्रतिशतसम्मको ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने र त्यस्ता बैंक तथा वित्तीय संस्थालाई शून्य प्रतिशत ब्याजदरमा पुनःकर्जा प्रदान गर्ने व्यवस्थालाई निरन्तरता दिइएको हो ।
यस्तै अनिवार्य नगद मौज्दात कायम गर्ने अवधिलाई साबिक एक हप्ताबाट दुई हप्ता गरिएको छ । यस्तो मौज्दात दैनिक रुपमा ७० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । बैंकिङ क्षेत्रको अधिक तरलताको मापन तथा प्रक्षेपण गर्ने कार्यका लागि केन्द्रीय बैंकले तरलता अनुगमन तथा प्रक्षेपण संरचनालाई प्रयोग गर्दै आएको छ ।