अब २४ घण्टाभित्रै राहदानी, नाबालकका हकमा आधा रकम छुट

प्रकाशित मिति : २०७३ असार २

- लोकेश्वरी रेग्मी

mantriparisad1काठमाडौं । सरकारले तत्कालै राहदानी लिन चाहनेलाई २४ घण्टा भित्रै राहदान दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको विहीबार बालुवाटारमा बसेको बैठकले आकस्मिक रुपमा दु्रतमार्गबाट राहदानी लिन चाहनेलाई अतिरिक्त दस्तुर लिएर २४ घण्टा भित्रै राहदानी दिने निर्णय गरेको हो ।

द्रतमार्गबाट राहदानी लिन चाहनेहरुका लागि १५ हजार रुपैयाँ शुल्क लाग्ने गरी मन्त्रिपरिषद बैठकले नै निर्णय गरेको छ ।

यसैगरी दुई दिनभित्र राहदानी लिन चाहनेले १२ हजार, तीन दिनभित्र राहदानी लिन १० हजार रुपैयाँ रकम तोकिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री राईले बताए । दश वर्षभन्दा कम उमेरका नाबालकका हकमा राहदानी शुल्कमा आधा रकम छुट दिने पनि सरकारले निर्णय गरेको छ ।