८२ वर्षपछि आयो ग्रेडिङ प्रणालीमा एसएलसीको नतिजा

८२ वर्षपछि आयो ग्रेडिङ प्रणालीमा एसएलसीको नतिजा

GPA-SLCकाठमाडौं । प्रवेशिका परीक्षा एसएलसी प्रणाली लागू गरिएको ८२ वर्षपछि पहिलो पटक ग्रेडिङ प्रणालीमार्फत नतिजा प्रकाशित गरिएको छ ।

ग्रेडिङ प्रणालीअनुसार परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले  असार २ गते विहीबार  २०७२ साल चैतमा भएको एसएलसी परीक्षाको परिक्षफल प्रकाशित गरेको हो ।

आज प्रकाशित नतिजा अनुसार एसएलसी परिक्षामा सामेल भएका ५ लाख ८८ हजार १ सय ५२ जना मध्ये ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) ल्याई १६ हजार ४ सय ५४ जना उर्तिण भएका छन् ।

यस्तै, ३.२ देखि ३.६ जीपीएमा ४१ हजार ५ सय ७७ जना उर्तीण भएका छन् भने २.८ देखि ३.२ जीपीएमा ४८ हजार ६ सय ११ जना, २.४ देखि २.८ जीपीएमा ६३ हजार १ सय ८१ जना, २ देखि २.४ जीपीएमा ९४ हजार ७ सय १६ र १.६ देखि २.४ जीपीए ल्याउनेमा १ लाख ४ हजार २ सय ७८ जना विद्यार्थी रहेका छन् ।

एसएलसी परिक्षामा सामेल भएका मध्ये ३ सय ८३ जनाको परीक्षा रद्ध गरिएको छ भने ३ सय ८० जनाको एक विषयको परीक्षा रद्ध गरिएको छ ।

ग्रेड प्रणाली लागु भएसँगै विद्यार्थीको मार्कसिटमा पनि अंक उल्लेख गरिएको छैन । त्यसमा विषयगत ग्रेड र जिपीए मात्र उल्लेख गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । विद्यार्थीले पाएको अंक पनिकाले आफ्नो लेजरमात्र सुरक्षित राखेको जनाएको छ ।

विद्यार्थीले कुनै पनि विषयमा पाएको ग्रेड चित्त नबुझे रि–टोटलिङ गर्न सक्ने ब्यवस्था पनि गरिएको छ । डी प्लस भन्दा कम ग्रेड आएको दुईवटा विषयमा विद्यार्थीले पुनः परीक्षाको ब्यवस्था मिलाइएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ । पुनःपरिक्षा साउन २० र २१ गतेदेखि हुनेछ ।