युरोकप फुटवलः पोर्चुगल–हंगेरी ३–३ गोलको बराबरीमा रोकियो

युरोकप फुटवलः पोर्चुगल–हंगेरी ३–३ गोलको बराबरीमा रोकियो

ronaldo_header_reutersकाठमाडौं । युरापियन च्याम्पियनसीप उपाधिको बलियो दाबेदार मानिएको पोर्चुगल हंगेरीसँगको बराबरी खेलेको छ । 

क्रिष्टियानो रोनाल्डो रहेको पोर्चुगलले हंगेरीसँग ३, ३ गोलको बराबरी खेलेको हो । निकै रोमाञ्चक रहेको खेलमा पोर्चुगलका लागि रोनाल्डोले दुई गोल गरेका थिए भने एक गोल नानीले गरेका थिए ।

खेलको १९ मिनेटमा नै हंगेरीका गेराले गोलगरी खाता खोली एक गोलको अग्रता दिलाएका थिए । पहिलो हाफ सकिने बेलामा ४२ औं मिनेटमा पोर्चुगलका नानीले गोल गरी १, १ को बराबरी तुल्याए ।

पहिलो हाफ १, १ को बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको खेल पनि निकै रोमान्चक बन्यो । दोस्रो हाफको शुरु मै हंगेरीका जुडाकले गोल गरी टिमलाई दिलाएको अग्रता धेरै समय टिक्न पाएन । त्यसको ३ मिनेटपछि पोर्चुगलका रोनाल्डोले गोल गरी बराबरी तुल्याए ।

निकै प्रतिष्पर्धात्मक बनेको खेलमा हंगेरीका जुडाकले नै अर्को गोल थपेर टिमलाई खुशी तुल्याए । खेलको ६६ औं मिनेटमा रोनाल्डोले नै अर्को गोल थपेपछि दुबै टिम ३, ३ गोलको बराबरीमा रोकियो ।

बुधबार राती भएको अर्को खेलमा अाइसल्यान्ड बिजयी भएको छ । अाइसल्यान्डले अस्ट्रियालार्इ २, १ ले  पराजित गरेको हो ।