वैद्य माओवादीको दस्तावेज तल्लो कमिटीसम्म लैजाने

वैद्य माओवादीको दस्तावेज तल्लो कमिटीसम्म लैजाने

mohan-baidya-national-convensionकाठमाडौं । नेकपा क्रान्तिकारी माओवादीको राजनीतिक दस्तावेज तल्लो तहमा लैजाने निर्णय गरेको छ ।

काठमाडौंमा बुधबार सम्पन्न राष्ट्यि भेलाले पार्टीको राजनीतिक दस्तावेजलाई कार्यकर्ता तहमै लगेर छलफल गरिने निर्णय गरेको हो ।
प्रतिक्रियावाद तथा दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गरौं, नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा अघि बढौं शीर्षकमा पार्टी अध्यक्ष मोहन वैद्यले पेश गरेको १८ पेज लामो राजनीतिक प्रतिवेदनमा कार्यकर्ताले प्रश्न उठाएपछि दस्तावेज तल्लो कमिटीसम्म नै छलफलमा लैजाने निर्णय गरेको भेलामा सहभागी एक नेताले बताए ।

अध्यक्ष वैद्यले पेश गरेको राजनीतिक प्रस्तावमा समूहगत छलफलपछि समूहगत छलफलको निश्कर्ष सुनेपछि वैद्यले बुधबार दस्तावेजबारे उठेको प्रश्नको जवाफ दिँदै वैद्यले दस्तावेज बहसका लागि खुल्ला गरिएको र पार्टीको तल्लो तहसम्मै लैजाने जवाफ दिएका हुन् ।

दस्तावेज तल सम्म नै छलफल र बहस गरेर जानुपर्छ भनेकाले प्रतिवेदन भनेजस्तो नभएको वैद्यले स्वीकार गरेको पनि भेलाका सहभागीले बताए ।

फागुनमा राष्ट्रिय सम्मेलन

क्रान्तिकारी माओवादीले आगामी फागुनमा राष्ट्यि सम्मेलन गर्ने भएको छ । आगामी राष्ट्यि सम्मेलनसम्ममा सबै संगठनहरुलाई चुस्त बनाउने पनि भेलाले निर्णय गरेको छ ।

प्रतिनिधिहरुको सुझावका आधारमा ७२ जना केन्द्रीय सदस्य रहेको केन्द्रीय समितिलाई ९९ संख्यामा नबढाउने निर्णय गरिएको एक केन्द्रीय सदस्यले बताए । केही ठाउँ आवश्यक रहेकोले केन्द्रीय सदस्य थप गर्ने निर्णय गरिएको ती सदस्यले बताए ।