मेस्सी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता, कुन खेलमा कति गोल ?

मेस्सी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता, कुन खेलमा कति गोल ?

Lionel Messiकाठमाडौं । स्टार स्ट्राइकर लियोनल मेस्सी अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता बनेका छन् ।

बुधबार बिहान भएको खेलमा फ्रिकिक मार्फत गोल गर्दै सर्वाधिक गोलकर्ता रहेका ग्राब्रियल बाटिस्टुटाको कीर्तिमान भंग गर्दै आफ्नो नाममा लेखाएका हुन् । उनले अमेरिकाविरुद्ध २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गरेका थिए ।

बाटिस्टुटाले अर्जेन्टिनाका लागि ७८ खेल खेल्दै ५४ गोल गरेका थिए । उनले १९९१ देखि २००२ सम्ममा ती गोल गरेका हुन् । सन् १९९५ मा स्लोभाकियाको युवाटोलीविरुद्ध दुई गोल गरेपनि त्यसलाई गणना गरिएको छैन ।

उनले १९९१ र १९९३ को कोपा अमेरिकाकप जिताउनुका साथै १९९४ र १९९८ को विश्वकपमा ह्याट्रिक गरेका थिए । मेस्सीले अर्जेन्टिनाका लागि १११ खेलमा ५५ गोल गरेका हुन् ।

उनलाई वर्तमान अर्जेन्टिनी टिममा रहेका सर्जियो अग्वेरो र गोञ्जालो हिगुएनले पछ्याइरहेका छन् । अग्वेरो र हिगुएनले क्रमशः ३३ र २६ गोल गरेका छन् ।

मेस्सीले ५५ गोलमध्ये २७ गोल मैत्रीपूर्ण खेलमा, १५ गोल विश्वकप क्वालिफाइङमा, ८ कोपा अमेरिकाकपमा र पाँच गोल विश्वकप फुटबलमा गरेका हुन् ।

जारी कोपा अमेरिकाकपमा उनी पनामाविरुद्धको खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेर पनि ह्याट्रिक पूरा गर्न सफल भएका थिए ।
उनले अर्जेन्टिनाका लागि ४४ गोल खुल्ला खेलमा र ११ गोल पेनाल्टी सुटहाउटबाट गर्दा चार पटक ह्याट्रिक गरेका छन् ।

मेस्सीले १८ वर्षको उमेरमा नै २००५ मा अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट डेब्यु गरेपनि लगातार ६ खेलसम्म उनले गोल गर्न सकेका थिएनन् भने आफ्नो ६८ औं खेलमा स्विजरल्यान्डविरुद्ध सन् २०१२ मा पहिलो पटक अर्जेन्टिाका लागि ह्याट्रिक गरेका थिए ।

उनले २००६ को विश्वकपमा सर्बिया एण्ड मन्टेनेग्रोमाथि ६–० को जित निकाल्ने क्रममा विश्वकपमा पहिलो गोल हानेका थिए ।

उनले यसैवर्ष विश्वकप छनोट चरणमा बोलिभियाविरुद्धको २–० को जितका क्रममा गोल गर्दै अर्जेन्टिनाका लागि ५० गोल पुरा गर्ने दोस्रो खेलाडी बनेका थिए । मेस्सीले ओलम्पिकमा पाँच खेलमा २ गोल गरेका छन् । यसलाई गणना गर्दा सिनियर टोलीइबाट उनको गोलस संख्या ५७ पुगेको छ ।